घरमा पालेको कुकुरको मृत्यु भएपछि घरमुलीले आफ्नै छोरालाई कुकुर हत्या अभियोगमा कारवाही माग गर्दै प्रहरीमा पुगेका छन्। मरेको कुकुर बोकेर ति पिता प्रहरी कार्यालय पुगेका हुन्।

भारतको छत्तीसगढको सूरजपुर जिल्लास्थित भटगाउँ प्रहरी थाना क्षेत्रमा भएको यो अनौठो घटनाबारे उजुरी आएपछि प्रहरी पनि चकित परे ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पिताले आफ्नै दुई छोरालाई कुकुर हत्या गरेको अभियोगमा कारवाही माग गरेर प्रहरीमा पुगेका हुन्।

शिवमंगल नामका ती पिताले १० किलो मिटर टाढा प्रहरी चौकी सम्म साइकलमा मरेको कुकुर राखेर पुगेका थिए । मटगाउँ प्रहरी थानामा पुगेर उनले कुकुर हत्याको अभियोग दर्ज गरेर र दुई छोरालाई कारवाही गर्न पनि माग गरे।

एक बर्ष देखि कुकुरलाई पनि छोरा सरह पालेको भन्दै ती पिताले आफ्न दुई छोराहरू कुकुरप्रतिको प्रेम देखेर डाहा गर्ने गरेका उजुरीमा लेखेका छन्।

धारिलो हतियार प्रहार गरेर कुकुरको हत्या भएको उजुरीमा उल्लेख छ।

भटगाउँ प्रहरी थानाका प्रहरी अधिकारी सुभाष ठाकुरले उजुरी उपर अनुसन्धान हुने र कारवाहीबारे पछि थाहा लाग्ने बताएका छन्। -एजेन्सीको सहयोगमा