सहबान अन्सारी / नवलपरासीको बर्दघाट नगरपालिका १५ पाेटहामामा २ दिने बेमौसमी तरकारी खेती तालिम सम्पन्न भएको छ। बिकल्प नवलपरासीकाे अायाेजना र युनाइटेड मिसन टु नेपालकाे सहयाेगमा तालिम गरिएको हाे। मनकामना कृषक समुहकी अध्यक्ष संगिता पन्जियारकाे अध्यक्षतामा बेमौसमी तरकारी खेती तालिम अाज सम्पन्न भएकाे हाे ।
कार्यक्रममा बाेल्दै मनकामना कृषक समुहकी अध्यक्ष पन्जियारले अहिलेकाे अवस्थामा बेमौसमी तरकारी खेती अति अावश्यक छ। कृषहरुलाई बेमौसमी तरकारी खेती तर्फ उन्मुख गराई बिभिन्न किसिमका लहरेबालिकाे थाक्रा र प्लास्टिक घर निर्माण गरेर प्रविधिकाे बिस्तार गरियो भने अार्थिक स्तरमा वृद्धि गर्ने काम गर्दछ । साथ साथै समयकाे सदुपयोग र बेरोजगारी हटाउने काम गर्छ भन्ने कुरामा जाेड दिनु भएको थियोे । साे तालिममा बर्दघाट नगरपालिका र सुस्ता गाउँपालिका गरी २५ जनाकाे सहभागीता रहेको थियो । तालिमकाे प्रशिक्षण बिकल्पका कृषि प्राबिधिक राम नगिना गुप्ता र मन्जु चाैधरीले गर्नु भएको थियोे ।



