थाईल्याण्डको राजधानी बैंककमा पछिल्लो पटक पुरुषहरुमा लिंग गोरो बनाउने लहर फेसनको रुपमा चल्न थालेको छ ।
चिकित्सकहरुले लिंगलाई गोरो बनाउन हानिकारक हुन्छ भन्ने कुराको चेतावनी दिएपनि पछिल्लो ६ महिनाको अवधिमा १ सय भन्दा बढी पुरुषहरुले लिंगलाई गोरो बनाएको बैंककको लेलुक्स अस्पतालले जनाएको छ ।
एशियाली मुलुकमा कालो छाला भन्दा गोरो छालालाई मन पराउने हुनाले पनि पुरुषहरुले लिंगलाई गोरो बनाउने फेसनको बिकास भएको देखिन्छ । यसलाई लेलुक्स अस्पतालले आफ्नो फेसबुकमा लिंगलाई गोरो बनाइरहेको तस्विरलाई पोष्ट गरेपछि यो कार्य अझ भाइरल हुन पुगेको थियो ।
यो चिकित्सा पद्धति अनुसार लिंगलाई कालोपन बनाउने मेलानिनको मात्रालाई रोक्ने गरिन्छ । यो किसिमको पद्धतिले लिंगमा बिभिन्न किसिमको रोग देखाउनुका साथै निसन्तान समेत बनाउने देखेर थाईल्याण्डको स्वास्थ मन्त्रालयले यो किसिमको शल्यक्रिया नगर्न सर्वसाधारणहरुलाई अनुरोध गरेको छ ।
लेलुक्स अस्पतालका मार्केटिङ मैनेजर पोपोल तंसाकुलका अनुसार उनीहरुले पुरुषको लिंगलाई गोरो बनाएको जस्तै महिलाको योनीलाई पनि गोरो बनाउने कार्य चार महिना अगाडी देखि शुरु गरिसकेका छौं । पहिला योनीलाई गोरो बनाउने सेवा शुरु गरेको यो अस्पतालमा पुरुषहरु पनि आफ्नो लिंगलाई गोरो बनाउने चाहना राखेर आउन थालेपछि पुरुषहरुको पनि सेवा शुरु गरेको मैनेजर पोपोल बताउछन् । विभिन्न चरणमा हुने यो कार्य गर्न करिब ६६ हजार रुपैंया लाग्ने गरेको अस्पतालले जनाएको छ । अहिले यो कार्य गर्न २२ देखि ५५ बर्षसम्मका पुरुषहरु आउने गरेका छन् । एजेन्सी



