एजेन्सी । अमेरिकाको न्युयोर्कस्थित अनुसन्धानकर्ताहरूको टोलीले हाम्रो मृत्युपछि आश्चर्यजनक खुलासा गरेका छन् ।

ल्यांगोन स्कूल अफ मेडिसिनको अनुसन्धान टोलीका अनुसार, मृत्युपछि मर्ने व्यक्तिले केही क्षणका लागि वरिपरि भइरहेका घटनाको अनुभूति गरिका छन्।अनुसन्धानकर्ता टोलीले हृदयघात वा अन्य कुनै घटना भएको केही क्षणपछि मृत घोषणा गरिएका मानिसमाथि अनुसन्धान गरेका  थिए। विश्वविद्यालयका निर्देशक साम पर्नियाले भने, ‘मुटुको ढुकढुकी रोकिने बित्तिकै दिमागमा रगत पुग्न पनि बन्द हुन्छ र तत्कालै त्यसले काम गर्न रोक्छ । तर केही घटनामा मानिसहरू दिमागले काम गर्न बन्द गरेपछि पनि वरिपरि भइरहेका घटना अनुभव गर्न सक्छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मानिसहरूले वरिपरि भइरहेका घटनाको सटीक जानकारी दिएका थिए । मरेको मानिसले यस्तो जानकारी देला भन्ने लागेको थिएन ।डा पर्नियाको टोलीले अब मृत्युपछि हुने अनुभवको बारेमा थप अनुसन्धान गर्ने भएको छ । उनका अनुसार, मरेको केही क्षणपछि दिमागलाई सक्रिय राख्ने कुनै तत्त्व पक्कै छ ।