बिर्तामोड/झापाको दक्षिणी गाविस शरणामतिमा फुटवल प्रतियोगिता हुने भएको छ । मङ्सिर २० देखि २७ गतेसम्म प्रथम शरणामति गोल्डकप हुन लागेको हो ।

शरणामति फ्रेण्ड्स क्लवको आयोजनामा हुन लागेको गोल्डकपमा स्वदेश तथा बिदेशका चर्चित क्लवहरुले सहभागिता जनाउने भएका छन् । प्रतियोगितामा चर्च ब्वाइज, झापा–११, मोरङ क्लव, सशस्त्र प्रहरी, कनकाई खेलकुद प्रतिष्ठान, सुनसरी क्लव, आयोजक एसएफसी तथा कञ्चनजंघा एफसी सिलगुडीले सहभागिता जनाउने निश्चित भएको खेलकुद संयोजक गजेन्द्र ताम्लीले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख ११ हजार १११, दोस्रोलाई ६१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने क्लवका अध्यक्ष सुमन प्याकुरेलले जानकारी दिए । प्रत्येक खेलको म्यान अफ द म्याचलाई २ हजार ५ सय रुपैयाँसहित मेडलको ब्यवस्था समेत गरिएको आयोजक संस्थाले जनाएको छ ।

स्थानीय जनता उमाविको खेल मैदानमा हुने प्रतियोगिताको तयारीबारे जानकारी गराउन शुक्रबार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा फुटवलको विकास र प्रवद्र्धन मुख्य उद्देश्य रहेको बताइयो । विभिन्न संघसंस्था तथा स्थानीय स्तरबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागिएको संयोजक ताम्लीले बताए ।

प्रतियोगिता सम्पन्न गर्न २१ लाख ४८ हजार २२२ रुपैयाँको बजेटको अनुमान गरिएको पत्रकार सम्मेलनमार्फत् आयोजक समितिले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट गोलकिपरलाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेछ । म्यान अफ द टुर्नामेन्टलाई १० हजार प्रदान गरिनेछ । प्रतियोगिताको पहिलो पुरस्कार सहारा नेपालले प्रायोजन गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah