त्यो मेरो बिहेको रात थियो। पहिलो पटक म एउटा पुरूषसँग नजिक हुँदै थिएँ ।

मेरा एकदमै मिल्ने साथीहरूसँग गरेका कुराकानी र मैले हेरेका अश्लील भिडिओहरू सम्झिँदै मेरो दिमागमा सपना र चाहनाका अनेकौँ तस्वीरहरु घुमिरहेका थिए ।

म हातमा एक गिलास दूध लिइ टाउको निहुराएर कोठामा प्रवेश गरेँ। त्यो पूरै परम्परागत शैलीमा थियो जस्तो मैले कल्पना गरेकी थिएँ ।

तर मैलै सोचेकै थिइनँ एउटा कहालीलाग्दो आश्चर्य मलाई पर्खिरहेको थियो । वास्तवमै एउटा भयङ्कर निराशाजनक ।

कल्पनामा म कोठा छिर्दा मेरा पतिले मलाई दह्रोसँग अंगालो मारून् भन्ने चाहन्थेँ, निस्सासिने गरी चुम्बनहरू गरून् भन्ने सोच्थेँ र रातभर मलाई माया गरून् भन्ने चाहन्थेँ। तर वास्तविकतामा म कोठामा पुग्दा उनी निदाइसकेका थिए ।

म ३५ वर्षकी थिएँ र मसँग यौनसम्पर्क गरेको अनुभव थिएन। त्यो अस्वीकार्यता एकदमै पीडादायी थियो ।

कलेजको बेला र काम गर्दा मैले धेरै केटा र केटीहरू सम्झनालायक गहिरो मित्रतामा परेको देखेँ। उनीहरू एकअर्काको काँधमा टाउको राखेर बस्थे, एकअर्काको हात समाएर हिँड्थे र मैले डाह गर्थेँ ।

के मलाई पनि जिन्दगीमा त्यस्तो साथीको चाहना थिएन ?

मेरो ठूलो परिवारमा चारजना दाजुभाइ, एक बहिनी र वृद्ध भइसकेका अभिभावक थिए। तर पनि मैले सधैँ एक्लो महसुस गर्थेँ ।

मेरा दाजुबहिनीको बिहे भइसकेको थियो र उनीहरूको आफ्नै परिवार थियो । बेला-बेला मैले सोच्थेँ मेरो उमेर बढ्दै गएको र म एक्लो भएकोबारे उनीहरू के नै चासो राख्थे र ?

मेरो मुटु प्रेम र चाहनाका लागि जलिरहन्थ्यो। तर म एक्लोपनले घेरिएकी थिएँ ।

बेला-बेला मलाई लाग्थ्यो कि म मोटी भएकीले यस्तो भएको हो ।

के पुरूषहरू मोटी महिलालाई घृणा गर्छन् ? के मेरो तौल नै मैले विवाहका लागि उपयुक्त केटा नपाउनुको कारण हो ? के म साँच्चै नै जीवनभर एक्लै रहनुपर्छ ? के म सधैँ कुमारी नै रहन्छु ? यस्ता प्रश्नहरू हरबखत मेरो दिमागमा खेलिरहन्थे ।

अन्तत: जब म ३५ वर्षकी भएँ। कसैगरी ४० को दशकका एक पुरूष विवाह गर्न आए ।

हाम्रो कुरा छिन्ने बेलामा मैले मेरा भावना उनीसँग व्यक्त गरे ।

तर उनले न ध्यान दिए न त जवाफ। उनी अत्तालिएको जस्तो लाग्यो ।

भुइँतिर निहुरिएर उनी चुपचाप बसिरहे, टाउको पनि खासै माथि उठाएनन् ।

मैले सोचेँ पुरूषहरू अचेल महिलाभन्दा बढी लजाउन थालेका छन् र मेरा हुनेवाला पति पनि अपवाद रहेनछन् ।

तर बिहेको रात म अलमलमा परेँ । मलाई थाहा छैन उनले किन त्यस्तो व्यवहार देखाए ।

जब मैले भोलिपल्ट सोधेँ, उनले भने- मलाई सञ्चो भएन ।

तर केही पनि परिवर्तन भएन। हाम्रो दोस्रो, तेस्रो र कैयौँ रातहरू त्यस्तै रहे ।

मैलै मेरी सासूलाई त्यो कुरा भनेँ तर उनले आफ्नो छोराकै बचाउ गरिन् ।

“ऊ एक लजालु केटा हो जो बच्चैदेखि केटीहरूसँग कुरा गर्न धक मान्थ्यो, ऊ केटाहरू पढ्ने विद्यालयमा पढ्यो र उसकी दिदीबहिनी पनि छैनन् न त विपरीत लिङ्गको कोही साथी नै छ ।”

त्यो स्पष्टीकरणले मलाई तत्कालका लागि केही राहतको अनुभुति दिलायो। तर मैले त्यसबारे सोच्ने क्रम रोक्न सकिनँ ।

प्रत्येक दिन मेरा अपेक्षा, सपना र चाहनाहरू मर्दै गइरहेका थिए ।

यौन मलाई असहज लाग्नुको मुख्य कारण थियो । उनी मसँग खासै बोल्दैन थिए। उनले मलाई कहिले पनि छोएनन् न त मेरो हात समाए ।

यदि महिलाले आफूले लगाइरहेको लुगा मात्रै मिलाउन खोजी भने पुरूषहरू तिनलाई घुरेर हेर्छन् । तर राति म पूर्ण रूपमा नग्न हुँदा पनि मेरा पतिले मलाई हेर्दैन थिए ।

के मेरो मोटोपन नै उनको त्यस्तो व्यवहारको कारण थियो ? के दबाबमा परेर उनले मसँग बिहे गरेका थिए ?

मलाई आफ्नो पीडा कसलाई सुनाऊँ थाहा थिएन । मेरो आफ्नो परिवार म नयाँ जीवनसँग खुशी थिएँ भन्ने भ्रममा थियो ।

तर मेरो धैर्यको बाँध टुटिरहेको थियो र मलाई एउटा समाधान चाहिएको थियो ।

त्यो दिन बिदा थियो।  अस्वभाविक रुपमा उनी बिदाको दिनमा पनि घरमा बस्दैन थिए । उनी या त आफ्ना साथीको घरमा जान्थे या आफ्ना आमाबुबालाई बाहिर लग्थे । तर भाग्यवश त्यो दिन उनी घरमा नै बसे ।

म उनको कोठामा छिरेँ र ढोका बन्द गरेँ । उनी आफ्नो ओछ्यानबाट जुरुक्क उठे ।

म उनको नजिक गएँ र आदरपूर्वक सोधेँ, “तपाईँलाई म मन पर्दिनँ हो ?  हामी एक पटक पनि नजिक भएका छैनौँ, तपाईँले आफ्ना भावनाहरू शब्दमा पनि व्यक्त गर्नुभएन । तपाईँको समस्या के हो  ?”

उनले जवाफ दिए, “मलाई कुनै समस्या छैन ।”

उनले के पनि भने भन्दा मैलै उनको ध्यान तान्नुपर्छ र त्यसो गरेर उनको नजिक हुनुपर्छ ।

मैले निकै आँट गरेँ र उनको यौनाङ्ग छुन खोजेँ ।

मेलै कल्पना गरेकी थिएँ कि मेरो स्पर्शले परिणाम दिनेछ तर म निराश भएँ ।

पुरूषको यौनाङ्गको वास्तविक आकार त्यो हो कि होइन भनेर मलाई अलमल भयो । मैले अश्लील भिडिओमा हेरेको चाहिँ गाफ्रिक्सहरू प्रयोग गरेर त्यसलाई ठूलो बनाइएको सुनेको थिएँ ।

मलाई थाहा थिएन र यसबारे कसलाई सोध्ने ? मलाई एकदमै लाज लाग्यो ।

त्यसले मलाई सतायो । जसरी महिलाको सुन्दरताबारे पुरूषहरू धारणा बनाउँछन्, मैले मेरा पतिको शरीर हेरेर धारणा बनाउन किन मिल्दैन ? मैले पतिबाट अपेक्षा गर्नु गल्त थियो र ?

त्यसपछि मलाई थाहा भयो कि उनी नपुंसक थिए र हाम्रो बिहेभन्दा पहिले डाक्टरले उनी नपुंसक भएको पुष्टि गरिसकेका थिए ।

उनी र उनका परिवारलाई सबै थाहा थियो। तर मलाई थाहा नदिएर उनीहरूले मलाई धोका दिएका थिए ।

मैले थाहा पाएपछि उनलाई लज्जा महसुस भयो। यद्यपि उनले माफी मागेनन् ।

एकजना महिलाले गर्ने सानो गल्तीलाई पनि समाजले बढाइचढाइ गर्छ । पुरूषको गल्ती हुँदा पनि महिलातिर औंला तेर्स्याइन्छ ।

मलाई मेरा आफन्तले सुझाए, “यौन मात्रै जिन्दगीका लागि महत्त्वपूर्ण होइन । तिमीले धर्म सन्तान किन बनाउँदैनौँ ?”

मेरा पतिका परिवारले याचना गर्‍यो, “मानिसहरूलाई वास्तविकता थाहा भयो भने त्यो हाम्रो लागि ठूलो लज्जाको विषय हुनेछ ।”

मेरो माइती पक्षले मलाई स्मरण गरायो, “यो तिम्रो नियति हो ।”

तर मेरा पतिका शब्दहरूले सबैभन्दा बढी मलाई चोट पुर्याए ।

उनले भने, “तिमीलाई जे मन लाग्छ गर । जोसँग सुत्न चाहन्छौँ सुत । म तिमीलाई केही भन्दिनँ अथवा कसैलाई यो कुरा भन्दिनँ । कसैसँगको सम्पर्कबाट बच्चा भए उसलाई म आफ्नो नाम दिन तयार छु ।”

यस्ता कुरा कुनै पनि पत्नीले आफ्ना पतिबाट सुन्न नपरोस् ।

उनी धोकेबाज थिए र उनले आफ्नो र परिवारको प्रतिष्ठताका लागि मलाई त्यस्तो गर्न भनिरहेका थिए ।

मेरा खुट्टा समाउँदै उनी रोए र भने, “कृपया कसैलाई पनि यो कुरा नभन र मसँग सम्बन्ध विच्छेद पनि नगर ।”

उनले सुझाएका कुरा गर्न म कल्पना पनि गर्न सक्दिनँ ।

मेरासामु यतिमात्र विकल्प थियो- या त उनलाई छाड्नु या त माया र हेरचार गर्ने जीवनसाथीको चाहा मार्नु ।

अन्ततः मेरा भावनाहरू जिते । मैले मेरा कथित पतिका घर छाडेँ ।

मेरा आमाबुबाले मलाई स्वीकारेनन् ।

मेरा साथीहरूको सहयोगले म छात्रावासमा बस्न थालेँ र एउटा जागिर पाएँ ।

मेरो जिन्दगी पहिलाको जस्तै सही बाटोमा फर्कियो र मैले सम्बन्ध विच्छेदका लागि अदालतमा निवेदन दिएँ ।

मेरा पतिको परिवार निर्लज्ज थियो । सम्बन्ध विच्छेद हुनुको वास्तविकता लुकाउन उनको परिवारले ममाथि अवैध सम्बन्ध राखेको आरोप लगायो ।

मेरो लडाइँको क्रममा स्वास्थ्य परीक्षण पनि गराएँ। मलाई तीन वर्ष लाग्यो र अन्ततः सम्बन्ध विच्छेद भयो ।

पुनर्जन्म पाएजस्तो मलाई महसुस भयो ।

म अहिले ४० वर्षकी भएँ र म अझै कुमारी छु ।

विगतमा मसँग नजिक हुन धेरै पुरूषहरूले प्रयास पनि गरे ।

उनीहरूले के लख काटे भने शारीरिक सन्तुष्टि नपाएरै मैले आफ्ना पतिलाई छाडेकी हुँ र उनीहरूले मबाट त्यही पाउन खोजे ।

त्यो मेरो लागि चाहिँ एकदम गलत र सङ्कीर्ण सोच थियो। म त्यस्ता पुरूषदेखि टाढै बसेँ ।

उनीहरूमध्ये कसैले मसँग बिहे गर्न चाहेको थिएन र प्रतिबद्ध सम्बन्ध बनाउन चाहेको थिएन ।

मसँग चाहना, सपना र भावनाहरू छन् ।

तर मलाई माया गर्ने, मेरो ख्याल गर्ने, मेरा भावनाहरू बुझ्ने र मसँग जीवन बिताउने व्यक्तिसामु मात्रै म यी कुराहरू व्यक्त गर्न चाहन्छु ।

म त्यस्तो व्यक्तिका लागि प्रतीक्षरत छु ।

त्यस्तो व्यक्ति नभेटुञ्जेल मैले आफ्ना साथीहरूको यौनजीवनबारे गोप्यरूपमा कुराकानी गरेर आफूलाई सन्तुष्ट पारिरहेकी छु ।

र, यौनबारे जतिबेला ममा सोच आउने गर्छ त्यतिबेला बेवसाइटहरू मेरा राम्रा साथी भइदिन्छन् ।

मैले जे गरेकी छु त्यसका लागि मबारे धारणा बनाउने मानिसहरूको कुनै कमी छैन ।

मलाई विश्वास छ ती मानिसहरूले बुझ्नेछन् कि महिलाहरू निर्जीव होइनन्, उनीहरूका पनि अनेकौँ भावना हुन्छन् ।

(दक्षिण भारतमा बस्ने एकजना महिलाले आफूसँग भएको सत्य घटनाबारे बीबीसी संवाददाता ऐश्वर्या रविशंकरलाई बताएकी हुन्। उनको आग्रहमा नाम उल्लेख नगरिएको हो। हामीले यो बीबीसी हिन्दिबाट अनुवाद गरेका हाैं ।)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah