दमक/नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले मधेशले अधिकार माग्दा पहाडको अधिकार खोसिन नहुने बताउनु भएको छ ।
नेपाल पशु स्वास्थ्य सेवा प्राबिधिक संघ नेल्टाको झापाको दमकमा आयोजित पुर्वाञ्चलस्तरीय भेलालाई संबोधन गर्दै उहाँले सबैको अधिकार समान भएकाले आफ्नो आफ्नो अधिकार प्राप्त गर्न अर्काको अधिकार खोस्न नहुने बताउनु भएको हो । अहिलेको संबिधान प्रगतिशिल भए पनि केही संशोधन आवश्यक रहेकोले त्यसलाई संसदमा दर्ता गराइएको बताउदै उहाले त्यसलाई स्वीकार गरेर बढ्न सबैलाई आग्रह गर्नुभयो । संबिधानलाई सबैले स्वीकार गरेर निर्वाचनमा जानु नै उत्तम बिकल्प रहेको उहाको भनाई थियो । भाषा, नागरिकता तथा सिमांकनको बिबाद रहेकोले त्यसलाई सकेसम्म समाधान गरेर चुनावमा जानुको बिकल्प नभएको उहाले बताउनुभयो । प्रधानमन्त्रीको बिश्वासमा संबिधान संशोधनको बिधेयकमा कांग्रेसले समर्थन जनाएको उहाले बताउनुभयो । अहिले बुटवलमा भईरहेको प्रर्दशनलाई लक्षित गर्दै सबै कुरा समेट्न नसकिने भएकोले बिस्तारै सबै मिल्दै जाने बताउनुभयो ।  फरक प्रसंगमा बोल्दै उहाले नेपालको आर्थिक सम्बृद्धिका लागि कृषि पेशालाई ब्यवसायिक बनाउनुपर्नेमा जोड दिनुभयो । साथै उहाले समाजको स्वार्थ तथा हितलाई राजनितीक दलले आफ्नो ऐजेण्डा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो । श्रम गर्नेहरुलाई सम्मान गर्दै उनिहरुको पेशालाई सुरक्षित गर्नुपर्ने बताउनुभयो । उहाले नेपालको हरेक बस्तुमा परनिर्भरता बढेको बताउदै आत्मनिर्भर बन्न सबै पेशाकर्मीहरुलाई आग्रह समेत गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah