मनाेज खत्रीको निर्माण तथा सुबास शंखरकाे निर्देशनमा बनेको हास्य टेलि श्रृखंला ” उपद्राे ” काे नयां भाग पनि दर्शक माझ अाइ सकेकाे छ , माेफसलमै बसेर हास्य ब्यंग्य विधालाइ समेटेर निर्माण गरिएकाे हास्य श्रृखंला ” उपद्राे ” काे भाग दुइ युटुव मार्फत सार्वजनिक गरिएकाे हाे।
हास्य तथा समसामयिक बिषय बस्तु लाइ ” उपद्राे “मा प्रमूख प्राथमिकता दिएकाे छ ,पुर्वमै रहेर यहि बाट मनाेरञ्जन विधामा सघंर्ष गर्दै अाफ्नाे गन्तब्य सम्म पुग्नका लागि अाफुहरूले यस श्रृखंला बाट यात्रा शुरू गरेकाे बताउछन यसका कलाकार तथा लेखक मनाेज खत्री ।
मनाेज खत्री ,सुबास शंखर ,शिव भण्डारी ,सुबास अधिकारी मनिस खत्री,सराेज खनाल काेपिला सिलवाल,सबिना सार्की,सुरज साह (छाेटु) सबिन सेन्च्युरी र केशव कार्की लगायतकाे ” उपद्राे” मा अभिनय रहेकाे छ भने दिपक लुइटेलकाे छायाकंन, अनिता ठटालकाे श्रृङ्गार,मनाेज खत्रीकाे लेखन अनि निर्माणमा ज्ञानेन्द्र काेइरालाकाे सम्पादन तथा सुबास शंखरकाे निर्देशन रहेकाे छ।
पुरा मनाेरञ्जन लिनका लागि भिडियाेमाः



