दमक÷ नेपाल जेसीजको महाधिबेशन नजिकिएसंगै उम्मेदवारका आकांक्षीहरुले आन्तरिक कसरत तीव्र पारेका छन् । नेपाल जेसीजका राष्ट्रिय अध्यक्षका उम्मेदवार प्रकाश अधिकारीले आफना पक्षमा माहौल सृजना गर्न महाधिबेशन क्षेत्रका जेसीज शाखाहरु भेटघाट तीव्र पारेका हुन् ।
यसैक्रममा शनिवार मात्र काठमाण्डौमा रहेको गोदवारी जेसीजको साधारणसभामा राष्ट्रिय अध्यक्षका उम्मेवार अधिकारीले आफनो उम्मेदवारी प्रवद्र्धन गरेका छन् । गोदावारी  जेसीजले अधिकारीलाई एकमतले सघाउने प्रतिवद्धता जनाएका थिए । गोदवारीका नवनिर्वाचित अध्यक्ष कुवेर केसीले नेपाल जेसीजको नयाँ नेतृत्वमा अधिकारीलाई सघाउने प्रतिवद्धता जनाउदै स्वागत गरेका थिए । त्यस क्रममा अध्यक्षका उम्मेदवार अधिकारीले देशभरिका युवाहरुको मनलाई जोड्न आफू अध्यक्षका उम्मेदवार भएको बताउदै सहयोग गर्न जेसीज शाखा नेतृत्वहरुलाई आग्रह गरेका थिए ।
क्षेत्र‘सी’ अन्तर्गतको उक्त शाखा अधिबेशनमा सो क्षेत्रका शाखा अध्यक्ष,पदाधिकारीहरुको उल्लेखीय उपस्थिती रहेको थियो ।
यसैवीच, अध्यक्षका उम्मेदवार अधिकारीको प्रचारप्रसार गर्न सहयोग पु¥याँउने उद्देश्यले महाधिबेशन स्थल क्षेत्रमा सचिवालय स्थापना गर्न लागिएको दमक जेसीजका कोषाध्यक्ष चन्द्र खत्रीले जानकारी दिए । कोषाध्यक्षको संयोजकत्वमा त्यस क्षेत्रमा सचिवालय स्थापना गरिने तयारी भएको जनाईएको छ । खत्रीले भने–‘ देशभरिका जेसीजकर्मीहरुलाई समन्वय गर्न यस सचिवालयले प्राथमिकताका साथ काम गर्ने छ ।’
नेपाल जेसीजको मंसीर २५ गतेदेखि हुने महाधिबेशनमा दमकका अधिकारीसहित छ जना अध्यक्षमा प्रतिष्पर्धा छन् । दमक जेसीजका पूर्व अध्यक्ष तथा नेपाल जेसीजका निर्वतमान कार्यकारिणी उपाध्यक्ष समेत रहेका अधिकारी नेपाल जेसीजका अध्यक्षका सवैभन्दा बढी योग्य उम्मेदवार मानिन्छन् । दमकका सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय युवा व्यक्तित्व समे हुन् उनी । देशैभरिका जेसीजहरुसंग अत्यन्त नजिक सम्बन्ध कायम गरेका अधिकारीलाई जिताउन पूर्व क्षेत्रका जेसीजकर्मीहरु महाधिबेशन स्थल तर्फ जान थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय