चितवन : चितवनको रत्ननगरमा आइतबार विहान बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ। नारायणगढबाट हेटौँडातर्फ जाँदै गरेको ना ५ ख १५६१ नम्बरको मितेरी यातायातले पैदलयात्रीलाई ठक्कर दिँदा एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रहरीका अनुसार उक्त घटना रत्ननगर नगरपालिका वडा नम्बर १० स्थित गणेश चोकमा भएको हो। अन्दाजी ३५ वर्षका मृतकको सनाखत भएको छैन। शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ। बस र चालकलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।










