– करन महरा
पछिल्लो समय निकै चर्चित लोकदोहोरी गायिका सावित्री जोशिले फिल्मी क्षेत्रमा समेत प्रवेश गरेकी छिन्।
रोशाफी फिल्मस् को प्रस्तुतिमा रोहित रुम्वा द्वारा निर्मित नेपाली कथानक चलचित्र ‘नेप्टे’ मार्फत गायिका जोशिले फिल्मी गायनमा समेत प्रबेस गरेकी हुन्।देवकुमार श्रेष्ठ द्वारा निर्देशित चलचित्र ‘नेप्टे’मा गायिका जोशी र साथमा ओम सुनारको अवाजमा रहेको सुपारी काँचो बोलको गित यतिबेला युट्युबमा सर्वाधिक रुचाइएको लिस्टमा परेको छ।
आगामी चैत्र ३१ गते देखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘नेप्टे’को उक्त म्युजिक भिडियोमा दयाह्यांङ्ग राई,बुद्दिमान तामाङ्ग,रोहित रुम्बा तथा चुल्ठिम गुरुङ्गको नृत्य प्रस्तुति रहेको छ।
२०६५ साल देखि गायनमा प्रवेश गरेकी गायिका साबित्रीले ४० बढी एल्बममा आवाज दिईसकेकी छिन् भने आफ्नैमात्र ६ ओटा एल्बम बजारमा ल्याएकी छिन्।
पछिल्लो समय देशभर आयोजना गरिने हरेक मेला-महोत्सवहरुमा सर्वाधिक रुचाईएकी गायिका मध्येकि एक हुन् सावित्री जोशी ।



