माघमा पनि धान रोपाइँ हुन्छ भन्ने धेरैलाई पत्यार नलाग्न सक्छ । तर मोरङको हकमा भने त्यो सत्य सावित भएको छ ।

मोरङको रंगेली नगरपालिका–६ स्थित मधुवनी चोकमा माघ महिनाको जाडोयाममा महिला मजदूर एकाबिहानै देखि खेतमा धान रोप्न ब्यस्त छन् । सो क्षेत्रमा रहेको सयौँ बिगाहा खेतमा अहिले कृषक धान रोपाइँमा ब्यस्त भएका हुन् ।

रंगेलीका ६५ वर्षीय नारायणप्रसाद केवरतले विगत ३५ वर्ष देखि १० बिगाहा खेत अधिँयामा लिएर धान खेती गर्दै आएका छन् । केवरतका अनुसार १० बिगाहा खेतमा दुई बाली धान मात्रै लगाउने गरेको र अरु समयमा खेत बाँझै छाड्ने गरिएको छ ।

उक्त खेतमा उनले घुटराज धान रोपिरहेका छन् । उक्त रोपेको धान वैशाख अन्तिममा काट्ने गरेको र जेठ महिनामा पुनः अर्को धान रोप्ने गरेको उनको भनार्इ छ । अहिले खेती गर्न धेरै मेहनत गर्नु पर्ने र खर्च समेत बढीनै गर्नु पर्ने भएको उनले बताए । सो खेतमा ६० मन देखि ८० मन सम्म धान उत्पादन हुने गरेको छ ।

अहिले वैदेशिक रोजगारीले गर्दा खेतबारीमा काम गर्ने मजदूर समेत नपाउने गरेको र मजदूर नहुँदा खेतीपाती गर्न समस्या समेत परेको केवरत बताउँछन् । धान रोपिसके पछि सो धानमा हाल्ने औषधि र मल नेपाल सरकारले समयमै उपलब्ध नगराउँदा कृषकले चर्को मूल्यमा किन्नु पर्ने बाध्यता रहेको किसानको गुनासो छ ।

सिँचाइका लागि मोटर लगाएर पानी हाल्नु पर्ने हुनाले विद्युत् आपूर्तिको समेत अभाव हुनाले खेती गर्न समस्या रहेको उनले बताए ।
रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah