भूत हरायो
गत कार्यक्रममा हामीले एउटा भिन्न विषयबारे रिपोटीङ गर्यौँ । जसको चर्चा र चासो सर्वत्र छ । ललितपुर टिकाथलीको एउटा घरमा अपत्यारीलो क्रियाकलाप हुने गरेको जसलाई परिवारले भूत प्रेत, आत्माका कारण भएको दाबी गरेको थिए ।
हामीले यो विषयलाई एउटा समस्याकारुपमा चित्रण गर्यौँ। प्रत्यक्षदर्शीका कुराहरू जस्ताको त्यस्तै राख्यौ तर आफ्नो धारण भने राखेनौ । यद्यपि आजको युगमा भूतप्रेत पिचास,आत्मा जस्ता कुरा हुन पनि सक्लान् भन्दै विश्वास गर्ने वा अविश्वास गर्ने सम्पूर्ण जिम्मा दर्शकहरूलाई दियौँ । साथै कुनै ब्यक्ति वा समूहले योजनाबद्ध रूपमा बदनीयतपुर्ण ढङ्गले गरेको योजना पनि हुन सक्ने कुरा स्पष्ट बतायाँै र सत्यतथ्य पत्ता लगाउने जिम्मा लियौँ ।
कार्यक्रममा रिपोर्ट प्रसारण भएपछि हामी विश्वस्त थियौ कि जसले योजनाबद्ध रूपमा जुनसुकै नियत र उद्धेश्यले यस्तो काम गरेको छ उसले अब यो गलत काम बन्द गर्ने छ । तर अपसोस त्यस्तो हुन सकेन । हाम्रो रिपोटीङ पछि यो विषय डढेलो लागे झैँ फैलियो ।
सामाजिक सञ्जालमा यसबारे भ्रम छर्ने काम यति भयो भनेर भनी साध्य भएन । हाम्रो कुरा सिम्पल थियो । एउटा समस्या आयो जसलाई हामीले समाधान गर्नु थियो । हामीले हाम्रा दर्शकलाई भनेका थियौ कि यसको वास्तविकताको खोजी गर्ने छौ । फलोअप गर्ने छौ र समाधान गर्ने छौ । बोलेपछि ढिला चाड बाचा त पुरा गर्नै पर्छ । र हामीले बाचा आज पुरा गरेका छौँ । समस्या समाधान गरेका छौँ ।
मलाई दुख छ, यस बिचमा आफ्नो युटियुब्ब च्यानल र वेब प्रोटल चलाउन थरी थरीका हेडलाइन राखियो । मानिसको भिड भूत हेर्न टिकाथलीमा पुग्यो । तान्त्रीक,ज्ञानी देखी रमिता हेर्नेको भिड प्रहरीले सम्हाल्न नसक्ने गरी जम्मा भयो । मन गणन्ते हेडलाईन र आधारहिन रिर्पोटमा आफ्नो भ्युवर्स बढाउन हौसियकाहरुको हुलमा हामीलाई अनुसन्धान गर्न गाह्रो थियो । कोही हामीलाई गाली गर्न तम्सीए, कोही रमिता हेर्न जम्मा भए, कोही तन्त्र मन्त्र तिर लागे,कोही मसालेदार न्युज बनाउन तिर लागे । फेरी पनि रिपिट गर्छौ हामीले भूत घर भनेर कहिल्यै भनेनौ । छिमेकी र परिवारले भूतको आतङ्क भनेको विषयमा रिपोटीङ गर्यौँ र अनुसन्धान गर्यौँ ,अहोरात्र खट्यौ र भन्दै छौ त्यो घरमा भूत प्रेम,पिचास,आत्म केही पनि छैन ।
घरका मानिसले जानी जानी फैलाउन खोजेको त्रास हो । यो संसारमा भूत प्रेतनै छैनन् भन्न सक्ने ज्ञान मसँग छैन । भूतप्रेतको अस्तित्वलाई अस्वीकार गरिहाल्न सक्ने विद्यव्ता ,अध्ययन र अनुभूति मसँग छैन तर टिकाथलीको त्यो घर जसमा भूतप्रेत छ भनी समाधानार्थ आएको समस्याको समाधान गर्ने क्रममा हामीले गरेको रिर्पोटरको फलोअप गर्दै भन्दै छौ टिकाथलीको त्यो घरमा भूत,प्रेत,पिचास आत्मा भएको हामीले पाएनौ । बरु योजनाबद्ध रूपमा रचिएको चालको पर्दाफास गर्ने अवसर भने पायाँै ।
हामी यो रिपोट प्रसारण नगरी कनै पनि समाधान गर्न सक्थ्यौ होला । तर यस्ता धेरै घटनाहरू जबरजस्ती घटाएर केही आडम्बरीहरुले तन्त्र,मन्त्र,ज्योतिष विद्याको नाममा लुटीरहेको यथार्थ पनि यो समाजमा विद्यामान छ । यसो भनिरहँदा सत्मार्गी,ज्ञानी,सच्चा, तान्त्रीक,योगीहरू र सम्पूर्ण अध्यातमका उपाशकहरु प्रति हाम्रो सम्मान छ । केही ढोगीहरु बाहेक सच्चा ध्यानी,ज्ञानीहरुले हाम्रो यो भनाइबाट मन दुखाउनै पर्दैन । रिर्पोट प्रसारण नगरीकनै यस्तो विषयमा तरङ्ग पैदा गर्न नसकिने निष्कर्ष निकालेर हामीले यो जोखिम मेलोकै हो । जसका कारण खान परेका गालीहरू हामीलाई भविष्यका लागि काम लाग्ने पाठ बन्ने छन् ।
कुनै पनि विषयको उठान भैसकेपछि नेगेटिभ वा पोजेटिभ प्रतिक्रिया आउनु स्वभावकी थियो । यो विषयमा रिपोटीङ गर्दा हामीले सकेजति सम्वेदनशीलता देखायौ । यो विषय नै समावेश नगरेको भए हुन्थ्यो भन्ने तर्कहरू पनि न आएका होइनन । हाम्रो लागि यो विषय अन्य विषय जस्तै थियो र हाम्रो रिपोट अतिरञ्जीत थिएन तर पनि यदि हामीले गरेको रिर्पोटले कहीँ कतै असर गरेको हुनसक्छ । पीडितलाई राहत प्रदान गर्दा हाम्रो संम्वेदनशिलतामा कमी आएको भए हामी क्षमा चाहान्छौ तर हामीलाई थाहा छ यो विषय आफैमा पृथक् भएका कारण यसले अस्वभावीक चर्चा पाएको हो । अन्य केही अनलाइनहरूले यस विषयलाई लिएर बनाएको कपोकल्पीत भ्रामक, र अतिरंजीत रिपोटिङको दोष हामी लिन चाहँदैनौ तर छिमेकी र परिवारले हामी आतकंीत भयौ । सहयोग गरिदीनुहोला भनेर बारम्बार अनुरोध गरेपछि मात्र जनधनको क्षति नहोस् भन्ने उदेश्यले यो विषय उठायौ र यथाथ छर्लङग पारेर समाधान गर्यौँ ।
यति हुँदा हुँदै पनि यो विषयको उठान गरेर गलत गरेको भन्ने कसैलाई लाग्छ भने हामी समीक्षा गर्न तयार छौ, तर हाम्रो जोड यसैमा छ कि नक्कली त्रास फैलाएर समाज भाड्नेको यर्थाथ बाहिर ल्याएर हामीले केही नराम्रो गरेनौ । घटनामा संलग्नहरूको थप छानबिन केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले गर्दै छ र यो वास्तविकता पत्ता लगाउन सिआइबीले गरेको सहयोग र सहकार्यको हामी प्रशंसा गर्न चाहान्छौ । यो रिपोट र यो विषय उठाएर भ्रम छर्न खोजिएको होइन ,वास्तविकता पत्ता लगाउन खोजिएको हो । वास्तविकता पत्ता लगाउने प्रक्रियामा हामी रहँदा कुनै भ्रम छरिन गएको भए हामी दर्शकहरूसँग क्षमायाचना गर्दछौ ।
भन्सार घुस
यस अघिको कार्यक्रममा हामीले जनकपुर भन्सारका कर्मचचारीहरुले व्यपारिहरुसंग ठुलो रकम लिई सामान तस्करी गरिरहेको देखायौ । यस विषयमा रिपोटिङ गरेपछि जनकपुर भन्सार कार्यालयका प्रमुखले टिभी जर्नलिष्र्ट राजकमल सिंहलाई कार्यालयमै बोलाएर किन यस्तो समाचार लेखको भनी धम्याए ।
लाईभ कार्यक्रममा समेत कार्यालय प्रमुख हेमचन्द्र शर्माले भन्सारमा कुनै पनि सामान तस्करि नहुने दाबी गर्दै थप प्रमाण दिन चुनौती दिए । तर हामीले गरेको फलोअपले प्रस्ट पार्छ कसरी धनुषाको जटही र खजुरी नाकाबाट कसरी समान तस्करी हुन्छ । टिभी जर्नलिष्र्ट राजकमल सिंहले पटाएको यो फलो अप रिपोट हेर्नुहोस् ।

करमा लुट
कैलालीमा समानहरू अन्य जिल्ला पठाउँदा लाग्ने करमा ठेकेदार कम्पनीले लुट मचाएको छ । बेजिल्ला निकासी करका लागि गरुड कन्सट्रक्सनले १ करोड २० लाख ९१ हजारमा ठेक्का सम्झौता गरेर कर असुली गरिरहेको छ । तर ठेकेदार कम्पनीले प्रति टिपर भ्याट सहित ५ सय ६५ पर्ने बस्तुलाई भ्याट रकम उल्लेख नगरिकनै ७ सय रुपैयाँ र २ सय ५० रुपैयाँ पर्ने टयाक्टरबाट ४ सय रुपैयाँको रसिद कटाउने फेला परेको हो ।
भिडियो हेनुहोस
https://youtu.be/QFBIpkzEYroन्यूज २४ नेपाल बाट साभार









