केहि साता अघि प्रदर्शनमा आएको चलचित्र ‘राज्जा रानी’मा देखिएको नाजिर हुसेन र केकी अधिकारीको जोडीलाई म्युजिक भिडियोमा सफ्ट रोमान्टिक अवतारमा पुनः देख्न सकिने छ। ईश्वर पोख्रेल (अबिरल)को स्वरमा ” तिम्रो दिलको साम्राज्यमा ” बोलको गीतमा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
बुद्ध थापाकाे कलात्मक छायाँकनमा सम्पादन बिकास धमलाकाे रहेकाे छ ।भिडियोकाे स्तरिय निर्देशन गरेका छन निर्देशक निकेश खड्काले ” तिम्रो दिलको साम्राज्यमा ” बोलको गीतमा ईश्वर पोख्रेल (अबिरल) को स्वर,आनन्द राईको संगीत तथा दावा लामा (म्रिद) को शब्दरचना रहेको छ ।
क्लासिकल रोमान्टिक थिममा बनेकाे भिडियोमा नाजिर सफ्ट रोमान्टिक अवतारमा प्रस्तुत भएका छन भने केकीले कामुक तथा मायालु जाेडिकाे रूपमा उनलाइ साथ दिएकी छिन ।
बांकी भिडियाेमा :



