प्रणय दिवसको अवसरमा प्रमोद खरेलको अत्तिनै भावुक गित " भुलगरे पाप गरे " बोलको गीतमा निर्माण भएको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

नेपाली समाजमा घटने कतिपय वास्तविक घटनालाइ मूख्य बिषयबस्तु बनाइ गीतकाे भिडियाेकाे मार्फत प्रस्तुत गरिएको छ ।जसलाइ समीप निरौलाले निर्देशन गरेका छ्न । प्रेम र जीवनको अन्तर्सम्बन्धमा कतिपय गलत बुझाइमा जीवनले नयां माेड लिन पुग्छ,प्रमोद खरेलको भावुक गितमा चिरञ्जीवीले आफुलाइ तेहि अनुसारको चरीत्रमा प्रस्तुत भइ भिडियाेलाइ जिवन्त बनाएका छ्न ।उनलाइ अभिनयमा साथ दिएका छन बसन्ती र बासुले । नेपाली मनाेरञ्जनकाे दुनियामा चिरञ्जीवी अाफ्नाे अश्तित्वकाे लागि स्थापित उन्मुख संघर्षर कलाकार हुन् ,उनका निकैनै मनाेरञ्जनात्मक एव अर्थपुण भिडियाेहरू एक पछि अर्काे लगातार सार्वजनिक भइरहेका छन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भुलगरे पाप गरे एल्वमामा समावेस यस गीतका संगीत सम्याेजक बिष्णु अधिकारी हुन भने रोजी लाबुङ राइको शब्दरचना, नरेस लिङ्देनको संगीतमा प्रमोद खरेलको अावाजले सजिएकाे भावुक तथा मेलाेडी गितमा चिरञ्जीवी, बसन्ती र बासुलाइ मुख्य भुमिकामा देख्न सकिन्छ । भीडियोमा गोकुल कुवरकाे छायाँकन ,जाेन योन्जनकाे सम्पादनमा समीप निरौलाले निर्देशन गरेका छ्न ।

पुरा भिडियो हेर्नुहोस् :