
चिरञ्जिबी घिमिरे /२३ मंसिर /दमक÷नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले तराईको समग्र विकासकालागि हुलाकी मार्ग अपरिहार्यभएको बताउनु भएको छ ।
आज साँझ झापाको लखनपुरमा कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिटौलाले यस्तो बताउनु भएको हो । नेपालमा लामो र ऐतिहासिक महत्व बोकेको हुलाकी मार्ग निर्माणका लागि सरकारले धेरै काम अघि बढाइसकेको पनि उहाँले बताउनु भयो । हुलाकी मार्ग निर्माणका क्रम भारतीय ठेकेदारहरुको बदमासिका कारण ढिलाई भइरहेकाले अब भारत सरकारको सहयोगमा नेपाल सरकार आफैले बाँकी काम अघि बढाउने पनि उहाँले बताउनु भयो । समग्र तराईको आर्थिक तथा सामाजिक क्षेत्र संग प्रत्यक्ष सरोकार राख्ने हुलाकी मार्गले अबको पाँच वर्षमा पुर्णता पाउने पनि सिटौलाले बताउनु भयो । पुर्व मेचीको झापा देखी पश्चिम माहाकालीको कंचनपुर सम्मको तराईलाई आमुल परिवर्तनका लागि हुलाकी मार्गले महत्व बोकेको नेता सिटौलाले बताउनु भयो । फरक प्रशंगमा उहाँले संसद सचिवालयमा दर्ता भएको संविधान संसोधन प्रस्ताव कुनै पनि हालतमा पास हुने समेत बताउनुभयो । देशको यस्तो परिस्थितीमा सबै दल एकै ठाँउमा उभिनुको विकल्प भनएको समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,‘ सबै मिल्दा संविधान निर्माण भएको थियो अब सबै मिलेर यसको कार्यन्वयन गर्नु पर्छ’ । कार्यक्रममा बोल्दै उहाँले स्थानीय निकायको निर्वाचन नभए सम्म यही सरकार रहिरहने समेत दाबि गर्नुभयो ।