कोटेश्वरकी आरजु शर्मा (नाम परिवर्तन) विद्यार्थी हुन् । उनी सात महिनायता टिन्डर डेटिङ एप्स प्रयोग गर्दै आएकी छिन् । एप्सबारे बहिनीले जानकारी दिएपछि प्रयोग गर्न थालेको उनी बताउँछिन् । मनपर्ने मान्छे खोज्न सकिने जानकारी पाएपछि एप्स प्रयोग गर्न थालेको उनले बताइन् । जोडी खोज्न चाहने युवा एप्सप्रति आकर्षित भएका छन् । २०१४ मा सार्वजनिक भएको यो एप्स सुरुमा अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, इटाली, मेक्सिको, फिलिपिन्स र स्विडेनमा मात्र प्रयोग गर्न मिल्थ्यो, अहिले विश्वभर यसका प्रयोगकर्ता छन् ।

‘सुरुमा त एप्स प्रयोग गर्नेबारे थाहा थिएन, पछि चलाउँदा चलाउँदै सिकियो,’ उनले भनिन् । डेटिङ एप्स हो भन्ने थाहा पाएपछि चलाउन उत्सुक भएको उनले बताइन् । ‘खासमा म सिंगल छु, ब्वाइफ्रेन्डको खोजीमा टिन्डर प्रयोग गरेकी हुँ,’ उनी भन्छिन् । अहिलेसम्म खोजेजस्तो केटा साथी नपाए पनि राम्रो साथी फेला पारेको उनको भनाइ छ ।

जोडी खोज्न चाहने युवा यो एप्सप्रति आकर्षित भएका छन् । २०१४ मा सार्वजनिक भएको यो एप्स सुरुमा अर्जेन्टिना, ब्राजिल, कोलम्बिया, इन्डोनेसिया, इटाली, मेक्सिको, फिलिपिन्स र स्विडेनमा मात्र प्रयोग गर्न मिल्थ्यो, अहिले विश्वभर यसका प्रयोगकर्ता छन् । यो एप्सकी अर्की प्रयोगकर्ता हुन्, जावलाखेलकी नन्दा थापा (नाम परिवर्तन) । एप्स प्रयोगपछि इन्जिनियर केटा साथी भेटाएको उनले बताइन् । राम्रो साथी पाएकोमा उनी खुसी छिन् ।

सामाजिक सञ्जालका नक्कली अकाउन्टप्रति उनी सचेत छिन् । ‘सामाजिक सञ्जाल सही ढंगले प्रयोग गर्न सके हानी हुँदैन,’ उनी भन्छिन् । बालाजु बस्दै आएका सरद केसी पनि एप्सबाट गर्लफ्रेन्ड पाएपछि दंग छन् । एप्समा फोटो देखेपछि बोल्दै गएको र पछि साथी बनेको उनी बताउँछन् । ‘सुरुमा त नक्कली आइडी हो की भन्ने लागेको थियो, तर भेट भएपछि विश्वास बढ्दै गयो,’ उनले भने । स्नातक अध्ययनरत उनी एप्सका नियमित प्रयोगकर्ता हुन् ।

टिन्डरमा कुरा गरी प्रेमिकासँग डेट गएको कुरा सम्झँदै उनी भन्छन्, ‘भेट्दा एक प्रकारको डर थियो, भेटेपछि डर काउकुतीमा परिणत भयो ।’ कुराकानी हुँदै गएपछि अहिले सम्बन्ध राम्रो बनेको उनले बताए । साथीहरूले टिन्डरमा जोडिएको सम्बन्धको भर हुँदैन भने पनि अहिलेसम्म आफू प्रेम सम्बन्धमै रहेको उनी बताउँछन् । टिन्डरले जुराएको सम्बन्ध विवाहसम्म पुग्ने उनले बताए ।

टिन्डरका अर्का प्रयोगकर्ता हुन्, विशालनगरका रवि गुरुङ । इन्जिनियर अध्ययन गर्दै आएका उनी पनि एप्स प्रयोग गरेपछि सुख–दुःख बाँड्ने साथी पाएको बताउँछन् । मोबाइलमा एप्स इन्सटल गरेपछि नियमित प्रयोग गर्न थालेको उनले बताए । बिदा मिलाएर साथीलाई भेट्न जाने सोच बनाएको उनी बताउँछन् । ‘अहिलेसम्म नभेटे पनि एकअर्काको कुरा साट्दा नजिक भएका छौं,’ उनी भन्छन्, ‘उसलाई म मन परेपछि हामी प्रेम सम्बन्धमा बस्छौं ।’ नागरिक न्यूजबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah