मलेसिया । रोजगारीको सिलसिलामा मलेसियामा कार्यरत एक नेपाली कामदारको दुस्खद निधन भएको छ।

नेपालको पुरानो ठेगाना धनकुटा छथर तोखुवा–५,कार्कीटार टोल निवासी र हालको ठेगाना जोरपाटी गाउँपालिका वडा नं. ३, कार्कीटार टोल निवासी टोकबहादुर लिम्बुको छोरा वर्ष २८ का गणेशकुमार लिम्बुको मलेसियाको पेनाङस्थित जि बेसग्रेड प्रोडक्टस् नामक कम्पनीमा रातिमा काममा कार्यरत रहेकै बेला सोमबारको दिन बिहान करिब–करिब ३ः०० बजेतिर अचानक मेसिन दुर्घटनामा परि निधन भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कम्पनीमा बिग्रेको प्राबिधिक गडबडी भएको मेसिन मर्मत गर्ने बेलामा उनीसँगै काम गर्ने नेपाली सहकर्मीले नै अन्जानमा बन्द रहेको मेसिनको स्विट्च खोलिदिएर मेसिनमा बेरिएर लिम्बुको निधन हुन पुगेको भनेर मलेसियामै कार्यरत मृतकको आफन्त खगेन्द्र खाजुम लिम्बुले जानकारी गराउनुभयो ।

मृतकको आफन्तको भनाइअनुसार कम्पनीमा सोधपुछ गर्दा कम्पनीले यो घटनालाई मिलोमतो गरी मिलाउन जोडतोर गरिरहेको भन्नुभयो तर हामी त्यो पक्षमा छैनौ । अब जानि जानी होस अथवा अन्जानमा होस् गल्ती गर्नेलाई थोर बहुत जेल सजाय हुनैपर्छ र परिवारमा घरबार चलाउने ब्यक्तिको नै मृत्यु भइसकेको बेला पीडितको परिवारलाई कम्पनीलगायत गल्ती गर्नेले सक्दो क्षतिपुर्तिको व्यवस्था पनि गर्नुपर्छ भन्नुभयो ।

मृतक गणेशकुमार लिम्बु बिगत चार वर्षदेखि सो कम्पनीमा कार्यरत रहेका थिए भने केही वर्षदेखि सो कम्पनीमा लाईन लिडरको भुमिकामा समेत काम गर्दै आएका थिए ।

everestdainik.com बाट