दमक/६८ औं विश्व मानव अधिकारको दिवशको अवसर पारेर भूटानी शरणार्थीहरुले ऐतिहासिक ओवीसीए चौथाो अन्तराष्ट्यि शरणार्थी च्यालेन्ज कप २०१६ आज देखि शुरु गरेका छन् ।
उद्घाटन खेलमा पूर्वेली फुटवल क्लव नेपाललाई हराउदै सीएफसी कतार विजयी भएको छ । जितसंगै कतार क्वाटरफाईनलमा प्रवेश गरेको छ । खेलको पहिलो हाफमा पुर्वेली फुटवल क्लवका जर्सी नं. १७ का सुजल श्रेष्ठले ३ मिटेनमै गोल गरे भने खेलको ३० औं मिनेटमा सीएफसी कतारका जर्सी नं. १० का निशान लिम्बुले एक गोल फर्काएर खेल बराबरी गरे । खेल बराबरीमा टुंगिए पछि ट्राईब्रेकरमा धकेलिएको थियो । प्रतियोगितामा बिजेता हुने टीमले नगद १ लाख २ हजार १६ रुपयाँ, मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ भने दोश्रो हुनेले नगद ६२ हजार १६ रुपयाँ, मेडल ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । यसैबीच भोलिको खेल काँकडभिट्टा फुटबल क्लब झापा र विभागिय टोलि एपिएफबीच हुने आयोजकले जनाएको छ । खेलको उद्घाटन कार्यक्रममा सभाषद महेन्द्रा कुमारी लिम्बुले २५ बर्ष भूटानी शरणार्थीले विताएको अवस्थामा हुने अन्तराष्ट्रिय खेलले खेल जगत र स्थानीय नेपाली र भूटानीबीच सुमधुर सम्बन्ध स्थापनामा ठूलो योगदान दिने बताइन् । कार्यक्रममा यूएनएचसीआरका प्रतिनिधि लिनेकर एरेन्के, शसस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेल, स्थानीय राजनैतिक दल, संगठन, सामाजिक अगुवाहरुको उपस्थिति रहेको छ । कार्यक्रममा अमेरिकी रेफ्री जितु बस्नेत काकाले नेपालका रेफ्री लब खत्रीलाई नेपालमा आधुनिक प्रविधिमा खेल खेलाउँन पहिलोपटक व्लुटुथ वाकी ट्वाकी सेट हस्तान्तरण गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय