दक्षिण अमेरिका । आकाशबाट तीनवटा ठूल्ठूला आगाको लप्कायुक्त फलामका बल पेरुमा खसेको छ । उक्त धातुहरु आगाको लप्कायुक्त रहेको र त्यतिबेला पेरुको गाउँका मानिसहरु निकै डराएका थिए । गत जनवरी २७ मा भएको घटना हो यो ।
खसेका धातुहरु जमिनमा खसेका थिए । पेरुको पुनोस्थित एन्डेन क्षेत्रमा रहेको लारानकाहुआनी गाउँमा खसेको उक्त धातु खसेको रातको आकाशमा देखिएको उज्यालो लप्काको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । तर पेरुका एयर फोर्सले भने एसएल२३ रकेटको तीनवटा इन्धन ट्यांक खसेको हुनसक्ने बताएको छ । पेरुका मानिसले भने कुनै उल्कापिण्ड खसेको हुनसक्ने बताएका थिए ।
उक्त फायरबल (आगोको बल) खरिसहँदा ब्राजिलको एकड राज्यबाट पनि देखिएको थियो । उक्त फायरबल एकड र पेरुको सीमा क्षेत्रमा खसेको बताइएको छ । उल्कापिण्ड खसेको भनिए पनि खसेको वस्तुको प्रकृति हेर्दा अन्तरिक्षयानसँग सम्बन्धित टुक्राटुक्री हुनसक्ने बताइएको छ । उल्कापिण्डबारे जानकार अलेजान्द्रो फोनेस्काले अन्तरिक्षमा रहेको कुनै पुरानो स्याटेलाइटको टुक्रा भएको बताएका छन् ।
उनका अनुसार जब कुनै वस्तु वायुमण्डलमा प्रवेश गर्छ, त्यसले आगो बल्न सुरु हुने गर्छ ।



