दमक/काँकडभिट्टा फुटबल ट्रनिङ्ग सेन्टर झापा विभागिय टोलि एपिएफलाई हराउदै झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्यि शरणार्थी च्यालेन्ज कपको सेमिफाईनलमा प्रवेश गरेको छ । आज भएको खेलमा १–० गोल अन्तरले एपिएफलाई हराउदै काँकडभिट्टा सेमिफाईनलमा प्रवेश गरेको हो । काँकडभिट्टालाई जित दिलाउन खेलको १३ औँ मिनेटमा जर्सी नम्बर ४ का मुन्ना सुब्बाको पासलाई सदुपयोग गर्दै जर्सी नम्बर १० का टिम क्याप्टेन गिल्सन कन्दङ्वाले गोल गरेका थिए । काँकडभिट्टाको जितका लागि कन्दङ्वाको गोलनै निर्णायक बन्न पुग्यो । खेल अवधिभर एपिएफले गोल गर्ने धेरै मौका पाए पनि सदुपयोग गर्न सकेन । आजको खेलमा काँकडभिट्टाका टिम क्याप्टेन गिल्सन कन्दङ्वा म्यान अफ द म्याच घोषित भए । भूटानी शरणार्थीहरुले आफु बसेको भूमिको संझना स्वरुप तथा आफुहरुलाई शरणार्थी बनाउने भूटानलाई नैतिक दबाब दिने उद्देश्यले हिजो ६८ औँ विश्व मानव अधिकार दिवशको दिन देखि भूटानी युवाहरुको फुटबल क्लब फ्रेन्स क्लब अफ विआरसि भूटानले प्रतियोगिताको शूरु गरेको हो । प्रतियोगिता पुस २ गते भूटानको राष्ट्रिय दिवशको दिन सम्पन्न हुने छ । प्रतियोगितामा स्वदेश तथा वदेशका ८ टिम सहभागि छन् । प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ६२ हजार १६ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैबीच भोलिको खेलमा आयोजक फ्रेन्स क्लब अफ विआरसी भुटान र मंगलबारे फुटबल क्लब मोरंगबीच खेल हुने आयोजक कमिटीका अध्यक्ष युवराज राईले जानकारी दिए ।
काँकडभिट्टा विजयी
सवाल नेपालसंवाददाताआइतबार, २४ मङ्सिर २०७३
काँकडभिट्टा विजयी
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



