खुकुरा तथा पंक्षीहरुले अण्डा कोरल्ने गरेका सुनेका थियौँ । तर, इन्डोनेसियाका एक १४ वर्षे किशोरले अण्डा कोरलेर विज्ञानलाई समेच चुनौती दिएका छन् ।
लगातार दुई वर्षदेखि अण्डा कोरल्दै आएका अकमल नामक यी किशोर देखेर चिकित्सककै समेत छक्क परेका छन् । अकमलले हालसम्म २० वटा अण्डा कोरलेको दाबी गरिएको छ ।
मानव शरीरबाट अण्डा बन्न सम्भव नरहेको भनिएका बेला आफ्नै आँखाअगाडि अकमलले अण्डा कोरल्दा चिकित्सकहरू पनि आश्चर्यमा परेका छन् । तर, केही मानिसले यसलाई हावा भएको भन्दै अकमलले आफ्नो शरीरमा पहिलेदेखि नै अण्डा राख्ने गरेको जिकीर गरेका छन् ।
अकमल अण्डा कोरल्ने क्षमतालाथि प्रश्न उठाएपछि अकमलको एक्सरे पनि गराए पनि चिकित्सकले तथ्य बताउन सकेका छैनन् ।
अकमलले चिकित्सककै अगाडि दुईवटा अण्डा दिएका थिए । शेख यूसुफ अस्पतालमा चिकित्सकहरूको एक टोलीले अकमलमाथि निगरानी गरिरहेको छ ।
https://youtu.be/t6WZ8UHCz_c



