पियारी बैनी पहिला चुनु उषा र हाल उषा मिखा पेरेज…….
प्रिय बैनी लाइ एक अन्जान दाइको तर्फबाट हार्दिक अनुरोध बैनी हिन्दु धर्ममा र हाम्रो नेपाली सँस्कृतिमा महिला लाइ एउटा उच्च स्थान तथा देबीको रुपमा पुजा गर्ने चलन छ चाहे त्यो कुनै रुपमा होस । जस्तै आमा, दिदीबहिनी, फुफु, छोरी, गाई, अथवा देबीका विभिन्न रुपहरु महिला लाइ पुज्ने गरिन्छ । बैनी केही समय देखि सामाजिक सन्जालमा तपाइँको पारपाचुके, बिबाह अनि आचार्य परिबारको सम्बन्धित त्यो घरमा विभिन्न कुराहरु चलीरहेका छन् ।
हुनत म पनि इजरायलमा प्रबासी जिबन बिताई रहेको आठौं बसन्त पार गरिसकेँ तर दाजु बैनीको परिचय नहुनु इजरायलको कार्य व्यस्तताले नै होला र सामाजिक सन्जालमा एक नेपाली बैनी लाइ आपतिजनक शब्दले कम्मेन्ट गरेको देख्दा यो दाईलाइ दुःखी तुलायो र केहि लेख्न बाध्य भए । अन्यथा नलागोस बैनी पारपाचुके लिनु दोस्रो बिबाह गर्नु तिम्रो अधिकारको कुरा हो । यसमा समाजको टाउको दुख्नु मैले कुनै बिषय बस्तु नै देख्दिन । तिमिलाइ बिबाहको मंगलमय शुभकामना । परन्तु आचार्य परिवारको त्यो घरको बिषयमा म केही कुरा राख्न चाहन्छु । यस बिषय बस्तुले एक कान दुइ कान मैदान हुँदै नेपालको समाचार पत्रहरु सामाजिक सन्जालका सबै मिडियाहरुमा भाइरल हुँदै छ ।
मैले सुनेको नेपालमा दुइ ओटा भान्जाहरु छन् रे । एक ओटा अब हुने वाला छन् ति सबैको दिर्घायु र सुस्वाथ्यको कामना गर्दछु । बैनी तिम्रो इजरायली नागरिक सँग बिबाह पश्चात केही समयमा तिमीले इजरायली तुदाजुद (नागरिकता)पाउने नै छौ । परन्तु ति नेपालमा रहेका भान्जाहरुको त्योे कलिलो मानसिकतामा कस्तो असर गर्ला ? ति भान्जाहरु कसरी स्कुल र कलेज जालान् ? समाजमा बाहिर कसरी साथीहरु माझमा जालान ? कसरी स्कुल कलेजमा साथीहरु र टिचरहरु सँग आँखा मिलाएर कुरा गर्लान ? कति लाइ यो यस्तो हो भनेर कुरा बुझाउन्दै हिड्लान् ? यो बिषयमा सोच्नुपर्ने हुन्छ र अर्को तिर तिमि लाइ ईश्वरले प्रसस्तै दिएको छ अझै प्रगति गर्दै सबै मनका इच्छा र चाहानाहरु पुरा हुन् भन्ने इश्वर सँग प्रथाना गर्दछु । साथै एक चोटी ति आचार्य परिबारका बृद्ध बिरामी आमा बुबाको घरको बिषयमामा र भान्जाहरुको उज्वल भबिस्यको लागि पनि तिमिले त्यो घर आचार्य परिबार लाइ फिर्ता गरिदिनु पर्छ ।
आज जुन सामाजिक सन्जालमा तिमिलाइ अपशब्द बोल्नेहरुको शिर स्वतः निहुरीने छ र तिमि फेरी दया कि खानि, दया र दानको देबी, हिन्दु महिला देबीको रुपमा स्थापित हुनेछौ । साथै ति बुढा बुढीको आशिर्बादले तिमिले र भान्जाहरुले समाजमा शिर ठाडो गरेर बाँच्न र हिन्न पाउने छन् । हाल त्यो घर अदालतमा बिचारधिंन छ । भोलि अदालतको फैसला जो होला परन्तु ति भान्जाहरुको भबिस्य तथा सामाजिक प्रतिठा र नेपालमा रहेका तिम्रा माइती नाता गोताको सामाजिक प्रतिष्ठाको लागि यो दाइको अनुरोध लाइ स्वीकार गरेर आचार्य परिबारको घर फिर्ता गरिदिनु हुन् अनुरोध गर्दछु ।
अन्तमा यस अन्जान दाइको भनाइ प्रति अवस्य पनि बैनीले बिचार गर्ने छौ भने आशा लिएको छु । सधै तिम्रो भलो चाहने एक नेपाली दाइ अनिरुद्र सुबेदी ।
From Light Nepal.com










