
दमक/आयोजक फ्रेन्स क्लब अफ विआरसी भूटान झापाको दमकमा जारी चौथो ओविसिए अन्तराष्ट्यि शरणार्थी च्यालेन्ज कपको सेमिफाईनलमा प्रवेश गरेको छ ।
आज भएको खेलमा मंगलबारे फुटबल क्लब मोरंगलाई ट्राईब्रकरमा ५–४ को गोलअन्तरले पाखा लगाउदै सेमिफाईनलमा प्रवेश गरेको हो । खेल अवधिभर दुबै टिमले गोल गर्ने उत्कृष्ट मौका पाए पनि गोल गर्न सकेका थिएनन् । ट्राईब्रकरमा मंगलबारेका जर्सी नम्बर १० का सुमन राईले प्रहार गरेको गोल पोष्ट बाहिर गएपछि आयोजक विजयी भएको हो । आजको खेलमा म्यान अफ द म्याच आयोजकका गोल रक्षक दिपान्सु राउत भए । उनले नगद ३ हजार प्राप्त गरे । स्वदेश तथा विदेशका ८ टिम सहभागि प्रतियोगिताको फाईनल पुष २ गते हुने आयोजकले जनाएको छ । खेलमा नेपालमानै पहिलोपटक रेफ्रिले अत्यधुनिक प्रविधि बुलुतुथ मार्फत खेलाईएको छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख २ हजार १६ रुपयाँ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने छ भने द्वितीय हुने टिमले ६२ हजार १६ नगद, प्रमाणपत्र, मेडल र ट्रफि प्राप्त गर्ने आयोजकले जनाएको छ । यसैबीच भोलि भूटानी रिफ्युजी कम्युनिटी र रोयल क्लब भारत बिच खेल हुने आयोजक फ्रेन्स क्लब अफ विआरसी भूटानले जनाएको छ ।