ज्ञानेन्द्र काेइराला । प्राविधिक विकासको रफ्तार सँगै विश्व साँघुरिएको छ । हरेक ठाउँका गतिविधिहरु मानिसले तुरुन्त विश्वमा फैलाउँन सक्दछन् । झन् पछिल्लो समय सामाजिक सञ्जाल र युट्युवको लोकप्रियताले मनोरञ्जनात्मक तथा सन्देशमुलक सामाग्री प्रसारणमा सहजता ल्याई दिएको छ । यही सहजताको सदुपयोग गर्दै आफ्ना श्रृजनाहरु आम मानिस माझमा लैजान प्रतिभावान युवा जमातको आकर्षण पनि बढि रहेको छ । यही आकर्षणमा परेर एक हुल युवाहरुको समूह पनि हाँस्य रसमा आधारित सामाग्री निर्माणमा जुटेको छ । उनीहरुले च्युर्लुङ झ्याईं नामक धारावाहिक हाँस्य टेलिचलचित्रको निर्माणको थालनी गरेका छन् । उक्त टेलिचलचित्रमा समसामयिक विषयका साथै समाजमा घट्ने गरेका विकृतिजन्य कृयाकलापको चिरफार गर्ने उदेश्यको कथा उठान गरेका छन् ।

निकट भविष्यमा राष्ट्रिय प्रसारणका टेलिभिजनमा प्रसारण गर्ने लक्ष्य सहित निर्माण आरम्भ गरिएको उक्त टेलिचलचित्र हाल म्युजिक एण्ड मुभी एक्सप्रेस नामक युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । टेलिचलचित्रको प्रसारण प्रत्येक हप्ताको शनिबार गरिने निर्माण युनिटले जानकारी दिएको छ ।

अहिलेको चलेको ट्रेण्ड भन्दा फरक तरिकाले स्तरीयतालाई समेत ध्यानमा राखेर समय सापेक्ष रुपमा निरन्तर निर्माण गर्ने लक्ष्य रहेको बताईएको यस टेलिचलचित्रमा सुमन श्रेष्ठ, रबिन थापा मगर, मेनुका गुरुङ, रेशम लामा, तेन्जी लामा, राजु श्रेष्ठ, दियाना राई, शंकर परियार, सिजन परियार, टिना तामाङ, सौगात ठकुरी लगायतको अभिनय रहेको छ । रामेश्वर जिरेलको छायाँकन तथा बिजय जिरेलको सम्पादन रहने उक्त टेलिचलचित्रमा तेन्जी लामाको लेखन तथा निर्देशन रहेको छ ।

भिडियो तलको लागि तल :

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah