प्रदेश नम्बर ५ बाट पहाडी जिल्लालाई अलग गर्न सरकारले संसदमा दर्ता गरेको संविधान संशोधन प्रस्तावविरुद्धको प्रदर्शन विभिन्न जिल्लामा कायमै छ ।

गुल्मीमा १६ दिनदेखि बन्द गरिँदा जनजीवन कष्टकर बनेको छ । लामो बन्दको कारण जिल्लामा सर्वसाधारणको जनजीवन निकै कठिन बनेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सबै बजार, उद्योग तथा कलकारखाना, यातायात सेवा ठप्प हुँदा सर्वसाधारणलाई सास्ती भएको छ । जिल्लामा बन्द लम्बिँदा स्थानीयले दिनहुँ नयाँ तरीकाले बन्दको आयोजना गरिरहेका छन् ।

यता, ५ नम्वर प्रदेशबाट रोल्पा र प्यूठानसहितका पहाडी जिल्ला विभाजन हुने गरी संसदमा दर्ता भएको संविधान संशोधनको विधेयकविरुद्ध आजबाट फेरी रोल्पा र प्युठान पनि बन्दको आह्वान गरिएको छ ।

रोल्पा र प्युठानको संयुक्त संघर्ष समितिले बन्दको आह्वान गरेको हो । बन्दका कारण यी जिल्लामा उद्योग, कलकारखाना, सवारी साधन, पसल, विद्यालय तथा सरकारी कामकाज सबै ठप्प पारिएका छन् ।

संशोधन प्रस्ताव फिर्ता नगर्दासम्म बन्दका कार्यक्रम यथावत् राख्ने ढिपी दलहरुले लिएका छन् । अर्घाखाँंची, बुटवल र पाल्पामा भने बन्द हड्तालका कार्यक्रम नगरिए पनि विरोधका अन्य कार्यक्रम जारी नै छन् ।