रुसको व्लादिवोस्तोक शहरभन्दा केही किलोमीटर टाढा केही ट्रेवलर्सको आँखा एउटा अचम्मको चीजमा प¥यो । यिनीहरुले यस चीजलाई देखेर यसलाई मात्र तोप सम्झने गल्ती गरे । जब उनीहरुले तोप नजिकै गएर हेर्ने फैसला गरे तब वास्तविकता थाहा पाएर तिनीहरु अचम्ममा परे । तोपलाई नजीकबाट देख्दा उनीहरुलाई थाहा भयो कि तोपको तल एउटा किला थियो । उनीहरुलाई यस्तै अरु तोप पनि देखा पर्यो जुन त्यस किलामाथि स्थित थियो । किलाको आधा भाग जमीनको तल थियो । जब यिनीहरुले यसको बारेमा छानबीन शुरु गरे तब यो कुरा पत्ता लाग्यो कि यो किला कुनै राजा महाराजाको थिएन तर रुसी सेनाको थियो जुन १९ औं शताब्दीमा जापानको हमलालाई असफल बनाउनको लागि बनाइएको थियो ।

व्लादिवोस्तोकमा यो किला एउटा मात्र थिएन । यससंग टाँसिएको कैयौं दर्जनौं किलाहरु मिलिट्री बेस ट्रेवलर्सले यहाँ देखे जुन यस शहरदेखि लिएर पीटर आयलैंण्ड सम्म फैलिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

रुसी सेनाको यस बेसलाई सन् १९२३ मा बन्द गरिएको थियो । यसपछि सन् १९३० मा यहाँ केही अरु तोपहरु लगाइएको थियो तर यिनीहरुलाई रुसी सेनाले कहिल्यै प्रयोग गरेन र तबदेखि यो अनकन्टार भएको थियो । जब टे«वलर्सले यसको भित्र देखे तब उनीहरुको होश उड्यो । यहाँ आज पनि युद्धको दौरान प्रयोग गरिएको कैयौं चीज अवस्थित छ ।