यही चैत २३ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘तिमी सँग’का नायक नायिका यतिबेला उक्त चलचित्रको प्रोमोसनामा व्यस्त देखिन्छन । ‘तिमी सँग’का नायक नाजीर हुसेन र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहले सो चलचित्रको प्रोमोसनबारेमा मिडिया एनपीलाई जानकारी दिएका छन् ।
पहिलोपटक स्क्रिन शेयर गरेका यी दुई जोडीले सुटिङ सेटमा गरेको रमाइलोदेखि अन्नपूर्ण बेस क्याम्पमा चलचित्र छायांकन गर्दाको कठिन कार्यको अनुभव सुनाए । यसै क्रममा ‘तिमि सँग’ बोलको गीतमा रहेको एउटा दृश्यको छायांकनका क्रममा चिसोले आफ्नो हात खुट्टा सुन्निएको साम्राज्ञीले जानकारी दिइन् ।
सुटिङ सेटमै नायक नाजीरसँग झगडापर्दा एक हप्तासम्म बोलचाल नै नभएका बताएकी साम्राज्ञीलाई अन्तर्वार्ताकै क्रममा नाजीरले प्रेम प्रस्ताव राख्दै किस मागेका थिए । तर, नाजीरको प्रस्तावलाई साम्राज्ञीले इन्कार गरिदिइन् ।
उक्त चलचित्रमा अभिनयमात्र नभएर साम्रागीसँग गहिरो मित्रता कायम गर्ने अवसर पाएको नाजीरले अनुभव सुनाए । शिशिर रानाको कथा, निर्देशन, लेखन र लगानी रहेको चलचित्र ‘तिमी सँग’मा नाजीर र साम्राज्ञीसहित आकाश श्रेष्ठ, शिशिर राना, अनुपम श्रेष्ठलगायतका कलाकारको अभिनय रहेको छ ।



