दमक/पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु पैसा कमाउन नभई जनताको सेवा गर्न राजनीतिमा लागेको बताए। शुक्रबार झापाको तोपगाछि–३ स्थित महेन्द्र रत्न माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा बोल्दै उनले देश र जनताको सेवाका लागि राजनितिमा लागेको बताएका हुन्। उनले भने ‘मलाई पैसा कमाउन छैन, देशको विकास गर्न छ, देशको विकास म गर्छु, एमालेले गर्छ।’ आफू प्रधानमन्त्री हुँदा देशमा विकासको लहर ल्याएको भन्दै उनले भने ‘देश यस्तो कंगाल अवस्थामा छ, धेरै पछि धकेलिएको छ, मैले केही सुधार गरे तर पूरै सुधार गर्न सकिन।’ आफूलाई प्रधानमन्त्री हुँदा आफ्नो क्षेत्रमा सबै बजेट छुट्याएको भन्ने आरोप लागेको बताउदै अध्यक्ष ओलीले समग्र देशको विकासमा आफू अग्रसर भएको बताए। आफूले कहिले पनि नेपालीको शिर झुकाउने काम नगरेको पनि उनले दावी गरे। फरक प्रसंगमा अध्यक्ष ओलीले ब्यवसायिक र प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताए। आफूले अहिलेसम्म कहिले कसैलाई आलोचना गर्ने ठाँउ नदिएको समेत ओलीको दावी छ। शिक्षालाई ब्यवसायिक गर्न नसक्दा नेपालका धेरै शिक्षित बेरोजगार युवाहरु विदेशिनु परेको ओलीले बताए। नेपालमा पर्यटन विकासको धेरै सम्भावनाले भएकाले अब पर्यटन विकास र ब्यपार प्रवद्र्धन तर्फ लाग्नुपर्ने उनको धारणा छ। यसैबीच तेज स्मरण शक्तिका कारण गिनिज बुक अफ वल्डको स्मरण विधामा विश्व रेकर्ड कायम गर्न सफल भद्रपुरका युवा अर्पण शर्मा कट्टेललाई ओलीले गिनिज बुकको प्रमाणपत्र हस्तान्तरण गरे। कट्टेलको एक मिनेटमा ४० शब्द स्मरण गर्न सक्ने क्षमता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय