पाँचथर / पाँचथरको सदरमुकाम फिदिमटा सुभाङतर्फ गइरहेको पिकअपले ठक्कर दिँदा पाँचथर हिलिहाङ ५ का ४२ वर्षीय मोहमलाल रणपहेलीको घट्नास्थलमै मृत्यू भएको छ ।

घट्नामा उनकी ३२ वर्षीय श्रीमती इन्द्रकला रणपँहेली गम्भिर घाइते भएकी छिन । फिदिमबाट सुभाङतर्फ जाँदै गरेको मे १ ज १८०९ नम्वरको पिकअपले बाटोमा हिडिरहेका रणपँहेली दम्पतीलाई ठक्कर दिएको थियो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

दुर्घट्ना गएराती भएको प्रहरीले जनाएको छ । ठक्करका कारण गम्भिर घाइते भएकी इन्द्रकलालाई पाँचथर अस्पतालमा उपचार सम्भव नभएपछि विएण्ड सि अस्पताल झापातर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक बामदेव गौतमले जानकारी दिनुभयो । घटनापछि चालक अजिम सुहाङलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।