काठमाडौ । धोत्लिएर रातो दिन पढ्नुहुन्छ ? जति घोटेर पढ्यो बिर्सि हालिन्छ । परिक्षाका बेला भुलिहाल्छ ।

फेल हुने धेरै समस्या छ । अब चिन्ता नलिनुहोस् । हुने त पढेको कुरा दिमागमा नबस्दा विद्याथीहरु झन् चिन्तित हुन्छन् । आफ्नो क्षमता कम भएको अनुभव हुन्छ । जसले असफलता बनाउँछ । दिमाग सक्रिय छ भने एकदमै महत्त्वपूर्ण कुरा पढ्दा वा सुन्दा तिनमा चासो लिन सक्नेछौं।

पढेको कुरा सम्झनु पनि महत्त्वपूर्ण छ। यस क्षेत्रमा उन्नति गर्न तपाईं कसरी मदत पाउन सक्नुहुन्छरु पढेको कुरामा चासो दियौं र पढेको कुरा बुझ्ने प्रयास गऱ्यौं भने मदत पाउन सक्नुहुन्छ। पूरा ध्यान दिन जे पढ्दैछौं त्यसमा गहिरो चासो लिनै पर्छ। पढ्ने बेला तपाईंको ध्यान अन्तै छ भने पढेको कुरा याद गर्न सक्नुहुन्न। आफूलाई थाह भएका कुरासित अहिले पाएको जानकारी दाँज्दा पनि तपाईंको ज्ञान बढ्नेछ।

१. आफैलाई सोध्नुहोस्
‘म यो जानकारी आफ्नो जीवनमा कहिले र कसरी लागू गर्न सक्छुरु यो जानकारी अरूलाई मदत गर्न कसरी प्रयोग गर्न सक्छुरु’ एक( एक शब्दको साटो शब्दहरूको समूह अर्थात् वाक्यांशहरू पढ्दा पनि तपाईं अझ राम्ररी बुझ्न सक्नुहुन्छ। यसरी तपाईंले कुनै पनि जानकारी वा त्यसको मुख्य बुँदा झट्टै बुझ्न सक्नुहुन्छ र सम्झन झनै सजिलो हुन्छ।

२. अन्डरलाइन गरेर पढ्ने
कतिपयको बानी पढ्दै अन्डरलाइन गर्ने हुन्छ । त्यसो गर्दा अर्को पटक आफूलाई चासो लागेको विषय खोज्न सजिलो हुन्छ । परीक्षा दिने केही दिनअघि अन्डरलाइन गरेको विषय दोहो¥याउँदा सम्झन सजिलो हुन्छ ।

३. आफ्नो नोट आफैँ बनाउने
धेरैले परीक्षा आउने बेला साथीभाइसँग नोट मागेर पढ्ने गर्छन् । आफैँले नोट बनाउँदा सम्झन सजिलो हुन्छ । शिक्षकले भनेको केही प्वाइन्टको प्रयोग गर्ने र आफ्नै भाषामा नोट बनाउने विधि सजिलो हो । आफूले लेखेको कुरा प्रायः बिर्सिइन्न ।

४. लेख्ने पूर्वाभ्यास
पढेर एकैचोटी परीक्षामा मात्र लेख्ने बानीले राम्रो नतिजा आउँदैन । परीक्षा दिँदा एउटा प्रश्न कम्तीमा ३ चोटि अभ्यास गर्दा सजिलो हुन्छ । घरमा पहिले नै प्रश्न बनाएर खभ्यास गर्दा आत्मवल समेत बढ्छ ।

५. सर्टकट बनाएर पढ्ने
कतिपय फर्मुलाका बुँदा लामो र दिक्कलाग्दा हुन्छन् । सम्झन अप्ठ्यारो हुन्छ । इतिहास, विज्ञान, अर्थशास्त्र र गणितका सूत्र सम्झन सर्टकट बनाउँदा सजिलो हुन्छ । जस्तै गुड् म्यानेजरका क्वालिटी के हो भनेर अध्ययन गर्दा मानौँ ५ वटा पाइन्ट छ भने स्मार्ट भनेर पढ्ने जसको पूरा फुलफर्म एस भनेको स्पेसिफिक, एम भनेको मेजरेबल, आर भनेको रियलस्टिक, टि भनेको टाइम बाउन्डिङ हुन्छ । यसरी पढ्दा निकै सहज हुन्छ ।

६. महत्त्वपूर्ण कुराहरू मनन गर्नुहोस् स्
पढेको कुरा फेरि दोहोऱ्याउनु र अरूलाई त्यो बताउनुका साथै ती महत्त्वपूर्ण कुरामा मनन गर्नु फाइदाजनक छ भन्ने तपाईंले थाह पाउनुहुन्छ।

७. प्रयोगात्मकमा ध्यान दिने
पढ्ने विषय पुरै थ्योरी छ भने त्यसलाई प्राक्टिकल बनाएर पढ्न सकिन्छ । मानौँ तपाईँ नेपालीको विद्यार्थी हुनुहुन्छ भने कथा, कविता कसरी लेख्ने अभ्यास गर्न घोकेर भन्दा अरूले लेखेका कथा कविताको किताब पढ्दा उपयोगी हुन्छ । हरेक कुरा घोक्नुभन्दा प्रयोगात्मक के गर्न सकिन्छ भनेर ध्यान दिने हो भने पढेको कुरा बिर्सिइन्न ।

८. प्रश्नोत्तर गर्ने
साथीहरुबीच प्रश्नोत्तर गरेर पढ्दा जति फाइदा अरूमा हुन्न ।सानो टिम बनाउनुस्, फर्मुला, पाइन्ट, परिभाषा आदिबारे एकअर्कासँग सोध्नुस्, त्यसो गर्दा आफूलाई के आउँछ, आउँदैन भन्नेबारे जानकार भइन्छ । आफ्नो कमी कमजोरी भएको विषयमा थप मिहिनेत गर्न सहज हुन्छ ।

९. साथीहरूसँग पर्याप्त छलफल गर्ने
पढ्दापढ्दै कुनै टपिक्स बुझिँदै बुझिएन भने त्यस्तो अवस्थामा साथीसँग सल्लाह गर्नु उत्तम हो । समूह बनाएर आ–आफूले रुचिको विषयमा छलफलगर्दा सजिलो हुन्छ । दिनैपिच्छे फरक–फरक विषयमा छलफल गर्दा अप्ठ्राया विषय समेत सहज बन्छन् ।
१०. सिम्बोल दिने
पढेका कुरालाई याद गर्नलाई सङ्केत पनि दिन सकिन्छ । जस्तो विभिन्न फर्मुलालाई विभिन्न कलरको नामाकरण पनि गर्न सकिन्छ ।

११. टाइमटेबल बनाउने
बोझ लिएर पढ्दा जति पढे पनि याद हुँदैन । कतिपयले पढ्न नभ्याएको पनि बताउँछन् । पढ्न समय व्यवस्थापन गर्नैपर्छ । पढ्ने समयलाई निश्चत समय छुट्याउनुपर्छ । कुन विषय कुन बेला पढ्ने समय छुट्याएर पढ्ने गर्नुपर्छ ।

१२. चार्ट बनाएर पढ्ने
धेरैजसो पढाइमा टप गरेका व्यक्तिको पढाई शैली हेर्दा उनीहरूले चार्ट बनाएर पढ्ने गरेको देखिन्छ । जस्तै करबारे पढ्दै हुनुहुन्छ भने करको परिभाषाका प्रकारलाई चार्ट बनाएर पढ्दा सहजै सम्झन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah