दमक/फेमिलयर रोटीमेकरको नाममा स्थापित वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लि.ले स्वदेशी आयुर्बेदिक जडिबुटीजन्य बस्तुहरुको उत्पादन र बजारीकरणका लागि झापाको दमक सहित पूर्वका ३  स्थानमा फेमिलयर प्रदेशस्तरीय बिशेष सेमिनार गर्ने भएको छ ।

शनिबार झापाको दमकमा मुख्यमन्त्री शेरधन राइले सेमिनारको उद्घाटन गर्ने कार्यक्रम रहेको वल्र्ड मार्ट युनिक सोलुसन प्रा.लि.का अध्यक्ष सुमन दाहालले बताएकाछन् । दमकमा बिहिबार पत्रकार सम्मेलन गर्दै यस बिषयमा जानकारी दिएकाहुन् ।

त्यसपछि झापाकै बिर्तामोड र इलाममा समेत कार्यक्रम राखिएको उनले जानकारी दिए । दाहालका अनुसार जडिबुटी उत्पादनमा आवद्ध संस्थाहरुसंग सहकार्य गर्दै जडिबुटी संकलन, प्रशोधन र पहिचान सहित बजारीकरण गरेर उत्पादन तयार गर्ने विषयमा सेमिनारमा छलफल हुनेछ ।

कार्यक्रममा स्वास्थ्य र सौन्दर्यसंग सम्बन्धित सामाग्रीहरु हेयर केयरका उत्पादनहरु, स्किन केयरका सामाग्रीहरु स्वास्थ्यकालागि आर्गानिक ग्रीन टी लगायतका बारेमा उत्पादक, सौन्दर्य एवं आयुर्बेदिक बिज्ञहरुमार्फत जानकारी गराइने अध्यक्ष दाहालले जानकारी दिए ।

प्रा.लिका हरीबल्लभ नेपालले कार्यक्रममा सर्वसाधरण उपभोक्ता, ब्यवसायी, उत्पादक, बितरक लगायतको सहभागिता रहनेछ । केहि नयाँ उत्पादनहरुको सार्वजनिकरकण गर्ने कार्यक्रम समेत रहेको नेपालले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah