काठमाडौं । आइतबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको छ ।
शनिबार सुनको मूल्य ५८ हजार रुपैयाँमा कारोबार भएको थियो भने आइतबार फेरि सुनको मूल्य घटेर ५७ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
त्यस्तै, साताको अन्तिम दिन चाँदीको मूल्य ७ सय ४० रुपैयाँमै कारोबार भएको थियो भने आइतबार यही मूल्य कायम रहेको छ ।



