एजेन्सी । अमेरिकामा हालै दुईजना महिलाले ११ लाख रुपैयाँ भन्दा धेरै मूल्यका ब्रा चोरेका छन् । क्यालिफोर्नियामा दुईजना महिलाले भिक्टोरिया सेक्रेट फेसन हाउसबाट ११ हजार डलर मूल्यका वक्षकवच चोरी गरेका हुन् ।
वक्षकवच चोरी गर्ने ती महिलालाई पुलिसले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २२ वर्षकी ब्लेका थालिया क्विन्तेरो र १९ वर्षकी एन्टाने रहेको बताइएको छ । ती महिलाहरुले भिक्टोरिया सेक्रेटको स्टोरका महिला कर्मचारीलाई पेपर स्प्रे छर्किएर लुटपाट गरेका थिए ।
उनीहरुलाई चोरी गरेर भाग्दै गर्दा पुलिसले पक्रिएको हो । पुलिसले चोरी गरिएका ११ लाखका ब्रा बरामद गरेको छ । दुबै महिलामाथि डकैती तथा अपराधका लागि अश्रु ग्यासको प्रयोग गरी गैरकानूनी रुपमा अश्रुग्यास आफूसँग राखेको समेतको आरोपमा मुद्दा चलाइएको छ ।



