इटहरी / खाडी मुलुक जाने कामदारका लागि सरकारले‘फ्रि भिसा फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौँ रकम तिरेर साउदी पुगेका एक सय नेपाली कामदार कम्पनीले तलब नदिए पछि बिचल्लीमा परेका छन् । साउदी अरबमा ३० जना नेपाली कामदार अलपत्र परेको खबर सेलाउन नपाउँदै फेरि अर्को समस्या देखिएको छ । दमाममा सय जना भन्दा बढी नेपाली कामदारहरुले तीन महिना देखि तलब नपाएको गुसनो गरेका छन्।

धन कमाउने मीठो सपना बोकेर रोजगारीका लागि साउदी पुगेका ती नेपालीले तीन महिनादेखि तलब पाउन नसकेपछि बिचल्लीमा परेका हुन् । दमाम स्थित अल्ला गाजी सुलाहीम जेनरल कन्टेकटीङ् कम्पनीले तीन महिना देखि सय जना नेपाली लगायत भिबिन्न देशका जम्मा गरि बाह्र सय कामदारलाई तलब नदिएको आफनो नाम उल्लेख नगरिदिन अनुरोध गर्दै मोरङ्को कोशीहरैचा घर भई बिगत चार वर्षा देखि साउदीमै रहेका एक व्यक्तिले सामाजिक सन्जाल मार्फद आफुहरुले तलब नपाएको र नेपाली राजदूताबासले पनि यस बारेमा कुनै चासो नदेखाएको बताएका छन् ।

रोजगारदाता कम्पनी र म्यानपावर कम्पनीसंग बारम्बार गुनासो पोखिरहंदा पनि तलब पाउन नसकेपछि नेपाली कामदारहरू बाद्य भएर कम्पनी छोडेर भागिसकेका छन् भने अरू केहीले भने राजिनामा दिएर घर फर्कनको लागि काम छोडेर बसेको अवस्था छ तर कम्पनी घर पठाउन पनि तयार नभएको उनले सामाजिक सन्जाल मार्फ़द बताए । उनीहरु काठमाडौँमा रहेको विभिन्न मेनपावरमार्फत रोजगारीका लागि साउदी आइपुगेका थिए । उने यसै समाचार मार्फ़द आफुहरुले काम गरेको तलब दिलाई दिन नेपाल सरकार र नेपाली राजदूताबासलाई आग्रह गरेको बताए।

उता दमाम अर्थात साउदी अरबको पुर्बी क्षेत्रमै पीडित कामदारहरूको सुनुवार्इ र न्याय तथा क्षतिपूर्ति प्राप्ती किन हुंदैन भन्ने नै मूल सवाल हो। यसको उत्तर खोज्न र समाधान नगरी त्यस क्षेत्रका नेपाली श्रमिकहरूको कल्याण कहिल्यै हुंदैन। कारण त्यस क्षेत्रमा खटिएका दूतावासका स्थानिय कर्मचारी हरि घिमिरे नै हुन, जो स्वयम त्यही दमाम क्षेत्रमा १० बर्ष म्यानपावरको अबैध दलाली (कमिशनका लागि भिषाको किनबेच गर्ने काम) गर्थे, बिगत ४ बर्षदेखि उनी नै त्यस क्षेत्रका सरकारी कर्मचारी बनेका छन ।

स्वयम एक कुख्यात दलाल भएकाले उनले पीडितहरूका हरेक केशहरूमा म्यानपावर कम्पनीहरूलार्इ जोगाउने तथा उनीहरूको कानूनले तोकेको जिम्मेवारी बहन, खर्च अादि बाट जोगाउने अनि उता पीडित नेपाली कामदारहरूलार्इ घिमिरेले हप्काउने, तर्साउने र उनीहरूलार्इ निरिह पारी तलब नै छोडेर उल्टो जरिमाना तिर्न लगाएर जेल हालेर मात्रै स्वदेश पठाउने गरेको एनअारएनए साउदीका पुर्ब अध्यक्ष धरम केसीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah