मानसिक रूपमा चेतना गुमाएकाे ब्यक्तीलाइ समाजले कथित पागलको उपनाम दिन्छ ।तर त्यो ब्यक्ती कसरी यो स्थितीमा आयो , कस्ले उसलाइ कथित पागल बनायो ? उसका आफन्त काहा छन,आदी इत्यादि कसैले सोच्दैन,केवल पागल भनि समाजबाटै छि छि र दुरदुरको पात्र बन्छ । यस्ता पात्रहरु हाम्रो समाजमा बग्रेल्ति भेटिन्छन् ।
अपवादमा समाजमा केही त्यस्ता पात्र पनि छन जसले आफ्ना वरीपरी भइरहेका हरेक सुस्म घटनाहरुको बारेमा नियाली रहेका हुन्छन,यहि पृष्टभूमिको सेरोफेरोमा एउटा कथा बन्छ र त्यहि कथामा बन्छ मनछुने छोटोे चलचित्र “पागल” जसलाइ यूटुव मार्फत हालै दर्शकमाझ सार्वजनिक गरिएको छ ।
ईश्वर दुलालको सह–निर्देशन,ज्ञानेन्द्र कोइरालाको सम्पादनमा मात्रिका पौडेल,शिखा रिजाल, ईश्वर दुलाल,बेनु चुडाल,जीवन थापा,निरा खतिवडा,सुवास अधिकारी,मनोज खत्री,आकृति खत्री तथा ज्ञानेन्द्र कोइरालाको अभिनय रहेको छ । सन्तोष बस्नेतको कथामा बिवेक तिम्सिनाको छायाकंन रहेको छ भने मात्रिका पौडेल र ज्ञानेन्द्र कोइरालाको निर्देशनमा तयार भएको “पागल” एउटा सामाजिक कथा भए पनि दर्शकको मन छुनेमा बिश्वस्त रहेको बताउछन निर्देशक पौडेल ।
कथाकार सन्तोस बस्नेतले लेखेको कथा “पागल”मा म पात्र अर्थात सन्तोषको नजरबाट कथा भनिएको छ । दमक आशपासका रतुवाखोला ,नगर तथा बस्तिहरुमा घुमी हिड्ने एक मानसीक रोगीको वरीपरीे कथा घुमेको छ। कथाले त्यति बेला नयां मोड लिन्छ जतिबेला सन्तोषले त्यस ब्यक्तिको बितेको जीवनका बारेमा थाहा पाउछ,त्यस्तो के रहेछ ? कथित पागलको बितेको जविनमा घटेकाे घटना त्यो थाहा पाउनको लागि हेर्नुहोस पुरा भिडियो :



