बाल्टिमोर, मेरिल्याण्ड । सत्र १७ वर्ष अगाडी अमेरिका छिरेका एक नेपालीको “ब्रेन हेमरेज” का कारण निधन भएको छ। नेपालको ओखलढुंगा स्थायी घर भएका ४७ बर्षका दिल्ली भट्टराईको गत शनिबार उपचारका क्रममै निधन भएको हो।
सफल जिवनकै लागि लामो समयदेखि परिवारबाट टाढा रहेका थिए। उनको निधनसँगै अहिले डेढ बर्ष अघिमात्र अमेरिका आएका धर्मपत्नी “रमा कँडेल र छोरा १५ वर्षीय छोरा रोहन भट्टराई पनि बिचल्लीमा परेका छन्।
स्वर्गिय भट्टराईकी श्रीमतिले अहिलेसम्म उहाँकै आश्रयमा बस्यौँ अब यो महँगो अमेरिकी दैनिकी, नावालक छोराको पढार्इ कसरी गर्ने भन्ने ठुलो चिन्ता छ।

उनले भनेकी छन् - 'भविश्यलाई लिएर नेपाली दाजुभाइ दिदीबहिनी लगायत सामाजिक संघसंस्थाहरु सामु सक्दो साथ र सहयोगका लागि हार गुहार गर्दछु, हामीलाई सहयोग गर्नुहोस्।
सहयोग गर्नका लागि यो लिंकमा क्लिक गर्नुहोस् ...
https://www.gofundme.com/unexpecteddeathoffamilyfriend


डिसी नेपाल बाट










