वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई पत्नी वियोग परेको छ। उनकी श्रीमती यशोदा सुवेदी श्रेष्ठको सोमबार राती उपचारका क्रममा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित उनको सोमबार राति उपचारको क्रममा हरिसिद्धिस्थित नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टरमा निधन भएको हो।

केही समयदेखि बिरामी यशोदालाई सुरुमा आन्द्रा, फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सर भएको थियो। मदनकृष्ण श्रेष्ठले यशोदासँग अन्तरजातीय विवाह गरेका थिए। यशोदाको निधनपछि श्रद्धाञ्जलीले सामाजिक सञ्जाल भरिएका छन्। मदन कृष्णका नजिक मित्र अर्थात हरिवंश आचार्यले फेसबुकमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै लेखेका छन्, "आदरणिय मदन दाइकी धर्मपत्नी यशोदा भाउजु हामी माझ रहनुभएन, भाउजुप्रति हार्दिक श्रद्धाञ्जली १ हामी सबै सधै मदन दाइको साथमा छौँ।"

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यसैगरी कलाकार दिपाश्री निरौला, केदार घिमिरे (माग्ने बुढा), नायक अनमोल केसी तथा अन्य थुप्रै कलाकारहरूले पनि मदनकृष्णकी पत्नी यशोदाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। आज हेर्नुहोस् उनको दाम्पत्य जीवनको सुरुवात र अन्त्य कसरी भएको थियो।

https://youtu.be/HcpaXqMsElk

डिसी नेपाल बाट