तस्बिर/भिडियो: नेपाल आज

सीमावर्ती क्षेत्रमा हालसम्म दर्जन नागरिकले भारतीयको व्यावाहारले ज्यानसमेत गुमाउनु परेका घटना हाम्रो अगाडी प्रस्ट नै छन् । दिन हुँ को हैरानीले नेपाली नागरिकहरुले सरकार जिउँदैै मरेको आभास गर्दैआएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नेपाली नागरिकमाथि आक्रमण मात्र सिमीत छैन भारतीयहरु सीमा क्षेत्रमा राखिएका सीमा स्तम्भ सराएर सीमा मिच्न पनि उत्तिकै लागि परेका छन् । तर यो विषयमा सरकार भने निरह बनेको छ ।

चैत २३ देखि २५ सम्म प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको राजकीय भ्रमण गर्दैै छन् । पहिले पनि नेपालका प्रधानमन्त्री भरत नगएका त हैन? यस विषयमा कसैको

ध्यान जान सकेन ।

सीमा क्षेत्रमा रहेका समस्या भारत समक्ष पुर्याएका प्राधनमन्त्री ओलीलाई झक्झक्याउन । सीमावर्ती क्षेत्रमा देखिएका समस्याका बारेमा हामीले सीमा सुरक्षा अभियन्ता

देवनाराण यादवसँग कुराकानी गरेका छौँ ।'

https://youtu.be/r_pSBcc6LLk

भारतको दादागिरी

हिजो देखि नेपालको सीमा मिच्दै आएको भारतले अहिले पनि दादागिरी देखाउँदै सीमा मिच्न नछोडेको भन्दै उनले आक्रोश व्याक्त गरे । भारतीय सुरक्षा बल आएर सीमा क्षेत्रमा ज्याजती गर्दा पनि नेपाली सुरक्ष बल निरह बन्ने गरेको उनको आरोप छ ।

काठमाडौंबाट सीमावर्ती क्षेत्रको अवलोकन गर्ने प्रवृतीले गर्दा समस्याले विकराल रुप लिएको उनको बुझाइ छ । भारतीय पक्षसँगको सीअमा विवादले खैरानी खेप्नु परेको उनले बताए ।

तर १ सय हिन्दुस्थानीका लागि एक जना नेपाली कफी रहेको यादवले बताए । आफ्नो सीमाना बचाही राख्न सदैब लडी रहने प्रतिबद्धता पनि व्यक्त गरे ।

ओलीलाई सुझाव

१. भारतले नेपाललाई समान व्यावाहार गर्ने वातावरणको सिर्जना गरिनु पर्छ । ठूलो भाई साना भाई भन्ने भारतको सोचमा सुधार ल्याउन पहल गर्नुपर्छ ।

२. सीमामवर्ती क्षेत्र दशगजामा मिचिएको नेपाली भूमी फिर्ताका लागि विषेश छलफल गर्नुपर्छ ।

३. नेपाली भूमी डुबान हुने गरि भारतले गर्न लागेका बाध निर्माणमा सोच विचार गर्ने ।

४. कोशी नदीको पानी लिनका लागि भारतले समझौता गरेको छ । अब खाँडे नदीको पनि सम्झौता गर्नुपछ ।

भारतीय ज्याजतीप्रति मधेशको मसिय भन्नेहरू सधै मुकदर्शक बने । भारतले आफूमाथि निर्घात कुटपिट गर्दा पनि मधेशवादी दलहरु मुकदर्शक बनेको आरोप लगाए । अब उनीहरुको भविष्य पनि सकिएको उनले ठुकुवा गरे ।

https://youtu.be/r_pSBcc6LLk

यस्तै पहिले आफू नेपाली कांग्रेस रहेको भन्दै देशको सुरक्षा गर्दा आफूमाथि आक्रमण हुदा कांग्रेस नेताहरुले सान्तना समेत नदिएको गुनासो गरेका छन् । नेपाल आजबाट