दमक/दुई दशक अघिबाट निर्माण शूरु गरिएको झापाको दमक नगर भित्रको चक्रपथ निर्माणको काम पूनः सञ्चालनमा आएको छ ।
दमक नगर क्षेत्रको चौतर्फी विकासको लागि थप सम्भावना बोकेको उक्त चक्रपथ निर्माणको काम सम्भाव्यता अध्ययन गरेको १८ वर्षपछि पूनः शुरु भएको हो ।
आर्थिक वर्ष २०५४/०५५ मा दमक नगरपालिकाले चक्रपथ सडकको सम्भाव्यता अध्ययन गरी सडकको रेखाङ्गकन गर्ने काम शुरु गरेको थियो । त्यसपछि केही वर्ष स्थानीय स्तरका बजेट मार्फत चक्रपथको प्रांरिभक काम भएपनि पर्याप्त वजेट नआउदाँ निर्माणाधीन चक्रपथको काम अवरुद्ध हुदै आएको थियो । निर्वाचन क्षेत्र कार्यक्रम अन्तर्गतको  दुई करोड ९६ लाख रुपैयाँ र अरु सम्भावित रणनीतिक सडक शीर्षकको बजेटबाट सडक निर्माण शुरु गरिएको हो ।
सडक डिभिजन कार्यालय दमकका डिभिजन प्रमुख राजेशकुमार यादवका अनुसार निर्माणाधिन उक्त सडकको काम ६ करोड ६१ लाख ७४ हजार ५९० मा संझौता भई काम शुरु गरिएको छ । सडकको कामको जिम्मा मृत संजीवनी कम्पनी काठमाडौले पाएको छ भने आगामी २०७५ जेठ भित्रमा निर्माण पूरा गरिने सम्झौता रहेको डिभीजन प्रमुख यादवले बताए । सो चक्रपथ सडक साढे ३६ किलोमिटर लम्बाई र ५० फुट चौडाइको हुनेछ ।
सो ठेकेदार कम्पनीले सडकमा करिब १२ किलोमिटर बाटोको ट्रयाक खोल्ने, १९ वटा कलभर्ड हाल्ने, दमक –८ ताराबारीदेखि उत्तरमा एक हजार ६०० मिटर सडक कालोपत्रे गर्ने, वडा नम्बर १३ मा एक हजार ४०० मिटर सडक कालोपत्रे गर्नेलगायत काम समेत गर्ने दमक चक्रपथ निर्माण उपभोक्ता समितिका अध्यक्ष बोधराज न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah