दमक/युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या विरोधमा झापामा पनि एक  घण्टा राजमार्ग बन्द गरिएको छ ।
हत्याको सत्य तथ्य छानविन गर्न माग गर्दै युवा संघ झापाले विर्तामोड र दमकमा एक घण्टा राजमार्ग ठप्प पारेको हो । घटना घटेको २४ घण्टा विति सक्दा पनि हत्यारालाई पक्राउ गर्न नसकेको भन्दै आन्दोलनकारीले सरकारको आलोचना गरेका थिए । अखण्ड ५ नम्बर प्रदेशको माग राख्दै आन्दोलनमा उत्रिएका समयमा तिवारीको हत्या गरिनु सुनियोजित भएको युवा संघ झापाका उपाध्यक्ष शम्भु भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो,‘ यो सांकेतिक आन्दोलन मात्र हो, सरकारले हत्यारा सार्वजनिक नगरे हामी शसक्त आन्दोलनमा उत्रिने छौँ’ । अन्दोलनकारीले दिउँसो एक बजेबाट दुई बजे सम्म दमक पूर्व बस पार्क छेउमा बसेर राजमार्ग ठप्प पारेका हुन् । उनीहरुले सडकमानै कोणसभा गरेका थिए । कोणसभालाई सम्बोधन गर्दै युवा संघका क्षेत्र नम्बर ६ का अध्यक्ष उपेन्द्र न्योपाने, ७ का अध्यक्ष राजकुमार थापा, अनेरास्ववियु मेची सदस्य दिपेश दहाल, युवा संघका मेची सदस्य प्रकाश नेपाल लगायतले यो घटनाको सम्पुर्ण जिम्मा सरकारले लिनुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah