कलाकार एवंम समाज सेवी सीताराम कट्टेल (धुर्मुस) सहितको टोलीले शनिबार क्रिकेटको अन्तर्राष्ट्रिय रंगशाला बनाउन सकिने पोखराका सम्भावित ४ ठाउँको अवलोकन गरेका छन् । साथै लाइभ भिडियो मार्फत धुर्मुसको यो अभियानमा आफु पनि सामेल भएको घोषणा गरेका छन् रबीले । साथै उक्त परियोजनामा बिदेशिएका नेपालीहरु पनि सहभागी हुन् पाउने बताएका छन् ।

अन्तर्राष्ट्रिय रंगशाला बनाउने अभियानमा लागेका धुर्मुससहित आईसीसीकी नेपाल प्रतिनिधि भावना घिमिरे, प्रदेश सांसद तथा क्रिकेट संघका पूर्वकार्यवाहक अध्यक्ष दीपक कोइराला, सञ्चारकर्मी रवि लामिछाने, पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेललगायत क्रिकेटसँग सम्वद्ध संघसंस्थाका प्रतिनिधिले सम्भावित ठाउँको अवलोकन गरेका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

टोलीले पोखरा रंगशालास्थित क्रिकेट मैदान, पोखरा लेखनाथ महानगरपालिका ३ मा पर्ने नगर प्रशिक्षण केन्द्र स्थित खेल मैदान, महानगरपालिका २० पट्नेरीस्थित पशुपति आर्यघाट र महानगरपालिका २५ हेमजाको लामपाटनस्थित मैदानको अवलोकन गरेको थियो ।

पोखरामा हेरिएका चारवटै मैदान क्रिकेट रंगशाला बनाउन उपयुक्त देखिए पनि रंगशालाको मैदान सबैभन्दा उपयुक्त भएको निश्कर्ष निकालिएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले बताए ।

अन्तर्राष्ट्रिय स्तरको करीब ३५ हजार दर्शक अटाउने क्षमताको रंगशाला बनाउनका लागि थप जग्गा आवश्यक पर्ने र त्यसका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले जग्गा उपलब्ध गराउन सकिने बताएपछि त्यसमा धुर्मुससहितको टोली सकारात्मक देखिएको छ ।

https://youtu.be/5jq4M2msoC4