दमक /युवा रेडक्रस सर्कल दमक बहुमुखी क्याम्पसको आयोजनामा एक दिने डेंगु रोग प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । आफ्नो दोश्रो साधारणसभकको अवसर पारेर सर्कलले डेंगु रोगको लक्षण र यस वारेका जानकारी विषयमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको हो । प्रशिक्षण दिदै आम्दा अस्पताल दमकका डाक्टर सौगत पोखरेल र युवराज रायले दमकमा आउदो वर्ष पनि डेंगुको सम्भावन देखिएकाले सबैलाई सचेत गराउन आवस्यक रहेको बताउनुभएको थियो । यसैबीच सर्कलको दोश्रो साधारणसभाले धनबहादुर पाण्डेको सभापतित्वमा ३० सदस्यीय नँया कार्यसमिति गठन गर्दै साधरणसभा सम्पन्न भएको हो । समितिको बरिष्ठ उपसभापतिमा अस्मिता घिमिरे,प्रथम उपसभापतिमा शोभा तिम्सिना ,द्वितीय उपसभापतिमा मदन सापकोटा ,सचिवमा विपना बराल ,सहसचिवमा उत्तम खड्का ,एलिजा खड्का ,एजिना सिटौला र कोषाध्यक्षमा खगेन्द्र निरौँला सर्वसहमतिले चयन भएका छन् । यस्तै उमेश खनालको संयोजकत्वमा छ सदस्यीय सल्लाहकार समिती समेत गठन भएको छ । रेडक्रस उपशाखा दमकका सचिव खड्ग पकुवाल, दमक बहुमुखि क्याम्पसका क्यामपस प्रमुख उत्तम भट्टराई, सर्कलका शिक्षक नायक राधिका सुवेदी, क्याम्पस सञ्चालक समितीका उपाध्यक्ष पशुराम सञ्जेल लगायतले नवगठित कार्यसमितिलाई शुभकामना दिएका थिए । सचिव उत्तम खड्काले स्वागत गरेको कार्यक्रम रेडक्रस उपशाखा दमकका सचिव खड्ग पकुवालको प्रमुख आतिथ्यता तथा सर्कलका सभापति अनिल दुलालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
युवा रेडक्रस सर्कल डेंगु प्रशिक्षण
सवाल नेपालसंवाददातामंगलबार, ४ पुस २०७३

युवा रेडक्रस सर्कल डेंगु प्रशिक्षण
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै

यो पनि पढ्नुहोस् »
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
निजी अस्पतालमा १६ गतेदेखि बीमाले आकस्मिक बाहेकमा काम नगर्ने
बुधबार, १३ जेठ २०८३
आजको मौसमः तराईका धेरै स्थानहरूमा हुस्सु र कुहिरो
आइतबार, १४ माघ २०८१
झापास्थित बिएन्डसी अस्पतालले मेडिकल कलेजको मान्यता पायो
बुधबार, ६ असार २०८१
झापामा स्वास्थ्य बिमा दर्ता सहयोगी आन्दोलित, कार्यालयमा धर्ना दिँदै गरे नाराबाजी
बिहीबार, ३१ जेठ २०८१



