प्रहरी सेवामा रहेर काम गर्दा उनले निकै राम्रा काम गरेर लोकपृयता कमाएका छन् । राम्रो छवि बनाएका खनालले दर्जनौं त्यस्ता राम्रा काम गरेका छन् जसले उनलाई सफलताको सिढि चढ्न सजिलो बनायो । उनले प्रहरी संगठनको नाम पनि उचो राखेका छन् । जटिल परिस्थिति र समस्यामा प्रहरी संगठनले सर्वेन्द्रलाई नै पठाउने गरेको थियो ।
मधेस अन्दोलनका क्रममा धनुषामा आन्दोलनकारीले सबै सकारी कार्यालयलाई नियन्त्रणमा लिंदा उनले कुशलता पुर्वक समाधान गरेका थिए । जनआन्दोलनमा क्रममा काठमाडौंको प्रमुख रहेका उनी त्यस बेला उनले निभाएको भुपमकाले प्रहरी संगठनमा उनी सबैको पृय पात्र बनेका हुन् ।
उनलाई चर्चामा पुग्न सघाएका अरु काम हुन् मस्टवान्टेड सूचीका गुन्डा नाइके कुमार श्रेष्ठ घैंटेको इन्काउन्टर । त्यस्तै खनाल महाशाखामा हुँदा लागूऔषध र अपहरण काण्डका अभियुक्त जेलबाट भागेका रावणजीत तामाङलाई गोली हानेर पक्राउ गरेका थिए। उनको अर्का सफल काम हो पैसामा खेल बेचेर सबै देशको इज्जत फाल्ने फुटबल खेलाडीमाथिको ठूलो र जोखिमयुक्त अप्रेसन । म्याच फिक्सिगंका बारेमा भण्डाफोर गरेर उनले अर्का चर्चीत काम गरेका थिए । उनकै त्यही काम पछि अहिले फुटवलले राम्रो फड्को मारेको छ ।
भिडियो रिपोर्ट हेर्नुहोस यी हुन् नयाँ आइजीपी सर्बेन्द्र खनालले गरेका महान कामहरु साथमा उनको जीवनी पनि
https://youtu.be/cwawMAD81qAलालिगुरास बाट









