भ्रष्टचार गर्न अदालतको तीन तले भवनमा सात तले लिफ्ट ?
बागलुङ । महालेखा परीक्षकको कार्यालयको ५५ औं बार्षिक प्रतिवदेनमा बागलुङ जिल्ला अदालतको भवन निमार्णका क्रममा भएको एउटा भ्रष्टाचारको नमुना उल्लेख भएको छ ।
यो जिल्ला अदालत बागलुङको निमार्णाधीन भवन हो । यो ३ तलाको मात्रै छ र सम्पन्न हुने चरणमा छ । यसमा ३ तलमा सम्म मात्रै लिफ्ट तथा झ्याङ निर्माण हुँदै छ । तर महालेखाका अनुसार यो भवनमा ७ तलासम्मको लिफ्ट सम्झौता भएको छ ।
३२ लाख लागत लाग्ने अनुमान भए पनि लिफ्ट खरिद सम्झौतामा ६५ लाख कबुल गरिएको प्रतिवेदनमा उल्लेख छ ।शहरी विकास तथा डिभिजन कार्यलयले तयार पारेको डिजाइन र नगरपालिकाले स्वीकृत गरेको नक्सा अनुसार बाग्लुङ जिल्ला अदालतको भवन ३ तले हुने भनिएको थियो ।
जिल्ला अदालत बागलुङका लेखापाल गोविन्द गौतमका अनुसार यसको भुक्तानी सर्वोच्च अदालतबाटै हुने छ । पहिले भवनको वि.लीङ एसोसीएटस कम्पनीले बनाएको स्टीमेट ७ तलाकै भएपनि भुकम्प पछि ३ तलामा झारिएकाा थियो तर निर्माण कम्पनीले भने लिफ्टको लागत भने ७ तलाकै पेश गरेको हुन सक्ने उनको तर्क छ ।
यो भवन १० करोड ४१ लाखको लागतमा समानन्तर विन बिल्डीङ्स कम्पनीले निमार्ण गरिरहेको छ ।
विदेश जानेको मेडिकल चेकअपमा चरम लापरवाही, दुवै मृगौला फेलपछि २२ दिनमै नेपाल फर्कीए गिरी
काठमाडौंँ । वैदेशीक रोजगारीको लागि ९ महिना अघि कतार पुगेका सिन्धुपाल्चोकका नारायण गिरी आफ्ना दुवै मृगौला फेल भएपछि २२ दिनमै नेपाल फर्कीए ।
सामाखुशीको फ्रफेक्ट मेनपावरलाई ५९ हजार बुझाएर मेनपावरले नै सिफारीस गरेको साइरप हेल्थ केयरमा उनले मेडिकल गरेको थिए । साइरप हेल्थ केयरको रिपोटमा उनी पुर्ण तन्दुरुस्त भएको देखिएपछि उनीकतार पुगेका थिए ।
चिकित्सकका अनुुसार मृगौला फेलको समस्या रगत परीक्षणमा केही पहिले देखिनै हुने भएपनि साइरप हेल्थ केयरल उनीसँग ६ हजार रुपैयाँ लिएर स्वस्थ भएको प्रमाण पत्र दिएको थियो ।
तर १५ दिनको बिचमा नै उनको मृगौला फेल भएको रिपोर्ट आयो । पर्फेक्ट मेनपावर र साइरप हेल्थ केयरको मिलेमतोमा उनलाई स्वस्थ प्रमाण पत्र दिइएको थियो । तर अहिले न मेनपावरले यसको जिम्मा लिन्छ न मेडिकलले जिम्मा लिन्छ ।
आर्थिक अवस्था निकै कमजोर रहेको नारायण गिरीलाई आफ्नै श्रीमती शान्ता गिरीले मृगौला दिएकी छिन् । प्रत्यारोपण र डायलसीस निशुल्क भएपनि रगत नमिल्दा अहिले सम्मको १० लाख बढी खर्च भैसकेको छ ।
उपचारको क्रममा भतmपुर बस्दै आएका उनलाई आफन्तको सहयोग तथा ऋण गरेर उपचार गराइरहेका छन् ।
दुर्घटना गराउने प्रहरी किन उपचार खर्च दिन मान्दैन ?
काठमाडौँ । सर्वसाधारणलाई कानुन सिकाउने, काुनको पालना गराउने र उलङ्घन गरे कारवाही गर्ने सुरक्षा निकायबाटै सर्वसाधारण अन्यायमा पर्छन भने न्याय माग्न कहाँ जाने ।
नर्भीक अस्पतालको २०१ नम्बर क्याभिनबाट सरकारसँग यसको जवाफ मागिरहेकी काठमाडौ सुनार गाँउकी रोसना रामुदामु ।
उनलाई फागुन ७ गते कमलपोखरी प्रहरी वृतको बा १ ज ७३२२ नम्बरको क्रियु भ्यानले ठक्कर दिएको थियो । रोसना रामुदामु हाम्रो कार्यक्रममा स्काइप मार्फत आएपछि हामीले उनको अवस्थाको बिषयमा विस्तृत रिपोर्टीङ गरेको थियौँ ।
हामीले एक साता अघि रिपोर्ट प्रशारण गरेसँगै सरोकारवाला सबै निकायलाई जानकारी गराएका थियौँ । तर रोसनाको उपचार खर्चको बिषयमा प्रहरीले यस अघि कै कुरा दोहा¥याई रहेका छ । अहिले अस्पतालले छिटो डिस्र्चाच हुन भनिरहेको छ ।
अस्पतालमा ११ लाखको बिल उठेको छ तर प्रहरी विमाबाट प्राप्त हुने ३ लाख मात्रै दिन सक्ने बताईरहेको छ । अन्य सवारी दुर्घटनामा भने घाइतेको सम्पुण खर्च सवारी सञ्चालकले व्योहोर्नु पर्ने व्यवस्था छ । तर नेपाली प्रहरीले काुननीको धज्जी उडाएर समस्याबाट भागिरहेको उनको गुनासो छ ।
ठगले त ठग्यो, भाग्यले पनि छाडेन्-अमेरीका जाने सपनाले सुखी परिवार एकाएक सडकमा आयो
काठमाडौँ । बागलुङ बोङ्गा दोभानका सुर्यबहादुर छन्त्याल अमेरीका जाँदा ठगिएपछि जिवनको ४८ औँ बसन्तमा साउको ट्याक्सी चलाएर जिवीको पार्जन गर्न बाध्यछन् । केही बर्ष अघिसम्म काठमाडौँको मनमैजुमा सुविधासम्पन्न घर थियो उनको ।
१७ बर्ष भारतीय सैनीकमा काम गरेको छन्त्यालको बैंक व्यालेन्स थियो, सुखी खुशी परिवारसहित जिन्दगी सामान्य चल्दै थियो । भारतीय सैनिकबाट अवकाश आएपछि उनी फेरी रोजगारीका लागि अफगानिस्तान पुगे ।
३६ महिना अफगानस्थान बस्दा नै अमेरीका जाने सपना देखेका उन्ले त्यही सपनाले उनको बिल्लीबाँठ बनाएको छ ।
अमेरीकामै रहेका नर क्षेत्री, सन्दीप केसी लगायतका नामले चिनीने सुवोद केसीले उनलाई अमेरीका लैजाने भन्दै २८ लाख रुपैैया लिए । अमेरीका जाने भनेर अफगानस्थानबाट नेपाल फर्किएका छन्त्याल अमेरीका जाने दिन गनेर बसेका थिए ।
पहिले पहिले दैनिक फोन म्यासेजमा काम हुँदै छ भन्ने सुवोद केसी विस्तारै सम्पर्क विहिन हुन थाले । र कहिले काँही फोन गरेर उल्टो धम्की दिन थाले ।
सुवोद केसी मार्फत अमेरीका जान नसकिने देखेपछि आँफुहरुको २८लाख ठगीएको चाल पाए । नेपालाबाट बारम्बार फोन म्यास गर्दा कुनै प्रतिक्रीय नपाएपछि फसेको पैसा समेत उठाउने गरी पैदल हिडेर अवैध मार्ग हुँदै अमेरीका जाने अर्को यात्रा सुरु गरे ।
काठमाडौ मनमैजुको घर बेचेर फेरी २० लाख अर्का एजेन्टलाई बुझाएर उनि अमेरीका हिँडे । नेपालबाट भारत, इक्कोएटर, कोलम्बीया, ग्वाटेमाला, मेक्सीको हुँदै घरबाट हिँडेको ३ महिनामा उनि अमेरीका पुगे । दिन रात नभनी घना जंगलको यात्रा, कहिले तेलको ट्यांकर त कहिले लरीमा प्याक हँुदै अमेरीका छिरेको उनि अमेरीकाको टेक्सस स्थीत जेलमा पुगे ।
१ बर्ष जेल जिवन बिताए पनि उन्ले आफुलाई ठग्ने व्यक्ति भेट्न नपाउदै अमेरीकी सरकारले उनलाई नेपाल फर्कादीयो ।
उनि मात्रै फर्किएनन । उनिसँगै फर्किए अमेरीकामा लाखौ कमाउने सपना । जिन्दगी भर कमाएको सम्पत्ती अमेरीकाको सपनाले उडायो । घर साउको भयो । सुखी परिवार एकाएक अहिले सडकमा आयो ।
अहिले उनकी श्रीमती ज्यालमजदुरी गर्छिन भने उनि साउको ट्याक्सी चलाएर गुजारा गरीरहेका छन् ।
https://youtu.be/WgRWWSJTd-s
न्यूज २४ नेपाल टिभी बाट
सवाल टिभी हेर्नुहोस भिडियोhttps://youtu.be/UZXMIJkl0PI









