अदभूत क्षमताका कारण, छोटो समयमा नै मानिस चर्चामा आउने गर्दछन् । यस्तै क्षमताका कारण झापा दमकका अशोक दर्जी यतिबेला चर्चामा छन् ।

विशेष गरेर सामाजिक संञ्जाल र युटुवहरुमा उनको लोकप्रियता बढ्दो छ । गायक हेमन्त रानाको ‘सुन साइली’ दुरुस्त गाउने उनी अर्का बालगायक प्रेम परियारको ‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यी आखाँमा तिमी छौ’ जस्ता गीतहरु उत्तिकै मिठासपुर्ण स्वरमा गाउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शब्दमा भने केही कन्फुयज देखिने उनको गाउने शैली भने रोचक रहेको छ । विपन्न परिवारका उनको भविस्यमा सफल गायक बन्ने लक्ष्य रहेको छ ।

झापाको दमकमा रहेको बेलडाँगी शरणार्थी शिविरमा गीत गाएर आफ्नो अनि परिवारका लागी जिविको पार्जनका लागी पैसा संकलन गर्दै आएका उनी जम्मा भएको पैसाले परिवारमा नुन, तेल, चामल जस्ता खाद्यान्न खरिद गर्छन् ।

केही महिना अघिसम्म झापाको केही शहरहरुमा मात्रै सिमित रहेको उनको प्रतिभाले यतिबेला देशमा मात्र नभर बिदेशमा रहेका नेपालीहरुको पनि मन जित्न सफल भएको छ ।

https://youtu.be/UZXMIJkl0PI

२ कक्षा सम्म मात्रै अध्यन गरेका उनले आर्थिक अवस्था नाजुक भएका कारणले गर्दा नै स्कुल जान छोडेको बताए । तर पछिल्लो समय धेरैले सहयोग गर्ने वाचा गरेकाले आगामी बर्षदेखि पुनः स्कुल जाने र संगीतसँगै पढाईलाई पनि अघि बढाउँने चाहाना रहेको उनले बताए । उनका बुबा आमा अरुको घरमा काम गर्ने गर्छन् ।

प्रतिभा भएर पनि गरीब भएकै कारण उनले आफनो प्रतिभाको सहि सदुपयोग गर्न सकेका छैनन् ।

https://youtu.be/UZXMIJkl0PI

जस्तोसुकै गीतहरु पनि सहज तरिकाले गाउन सक्नु उनको खुबी नै हो । अन्य समय कुनै न कुनै क्रियाकलाप गरेर केटाकेटी पना देखाउने उनी जब गीत गाउन सुरु गर्छन्, तब सबथोक बिर्सिएर दत्तचित्त भएर गाउँनमा नै मस्त हुन्छन् । एकपछि अर्को गीतहरु सुनाएर उपस्थित दर्शक, स्रोताको मन जित्न सफल हुन्छन्, उनी ।

https://youtu.be/UZXMIJkl0PI