दमक/झापाको लखनपुर–१स्थित मंगलमय माविमा अध्ययनरत सुस्त श्रवण विद्यार्थीहरुलाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।
शुक्रवार स्थानीय नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानले विद्यालयमा एक कार्यक्रम गरि १२ छात्रासहित ३२ जना विद्यार्थीहरुलाई जाडोका लागि ट्रयाक सुट वितरण गरिएको हो । विद्यार्थीसहित चार जना आयाहरुलाई समेत ट्रयाक सुट बाडिएको थियो ।
ती ट्रयाक सुटहरु इलाका प्रशासन कार्यालय दमकका निमित्त प्रमुख सुरेन्द्र थापा, विद्यालयका अध्यक्ष पूर्णानन्द शर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष ललित वान्तवा, लायन्स क्लव लखनपुरका अध्यक्ष धर्मानन्द भट्टराई, कांग्रेसका महासमिति सदस्य टिकाराज सापकोटा,विद्यालय प्र्रअ मोहन बगाले लगायतले हस्तान्तरण गर्नुभएको थियो । प्रतिष्ठानका अध्यक्ष गणेश आङदेम्बेको अध्यक्षतामा भएको लत्ताकपडा हस्तान्तरण कार्यक्रममा वक्ताहरुले सामाजिक कार्य गर्न यस्ता कार्य प्रंशसनीय भएको जोड दिनुभएको थियो ।
सोही अवसरमा प्रतिष्ठानले नेपाल आदिवासी जनजाति महासंघका नवनिर्वाचित महासचिव लखनपुर–२ निवासी नित्यानन्द ताजपुरियालाई समेत सम्मान गरिएको थियो । आदिवासी जनजाति आन्दोलनमा विशिष्टि योगदान पु¥याँएवापत प्रतिष्ठानले ताजपुरियालाई दोसल्ला तथा सम्मान पत्रद्धारा सम्मानीत गरिएको थियो ।
प्रतिष्ठानले सुस्त श्रवण विद्यार्थीहरुलाई दिवाको खाजा समेत वितरण गरिएको थियो । प्रतिष्ठानका सचिव विष्णु सुब्बाले कार्यक्रम सञ्चालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सहसचिव देवी आङदेम्बेले गरेका थिए । कार्यक्रममा जनजाति महासंघ लखनपुरका अध्यक्ष चन्द्रप्रसाद ताजपुरिया, कांग्रेस गाँउ सभापति राजकुमार न्यौपाने,लगनशील कृषि सहकारीका अध्यक्ष प्रमोद दाहाल,मुनसन बोर्डिङ स्कुलका प्रिन्सीपल सुरेन्द्र जवेगु,समाजसेवी ऋषिकेश सुवेदीलगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah