काठमाडौं– दुई साताको बीचमा नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरी बृद्धि गरेको छ।

निगमले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सोमबार बसेको निगमको सञ्चालन समितिको बैठकले मूल्यबृद्धी गरेको हो।

अन्तराष्ट्रिय स्वचालित मूल्यअनुसार इन्धनको मूल्य बढेको निगमले जनाएको छ। पछिल्लो समय लगातार इन्धनको मूल्य बढीरहेको छ।

मूल्यबृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६ तथा डिजेल र मट्टितेलको ८७ पुगेको छ। राती १२ बजेपछिबाट लागू हुने गरी मुल्यबृद्धि भएको हो।

-नेपाल लाइभ बाट