नविना लामा विद्यार्थी राजनीतिबाट चर्चामा आएकी एमाले नेतृ हुन् । तर केही समयअघि देखि उनी आफ्नो राजनीति भन्दा पनि विवाहको प्रसङ्गले बढी चर्चामा छिन्।
अनेरास्ववियुकी अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य नविना २०७५ बैशाख १३ मा वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । नविनाले अनेरास्ववियुकै नेता प्रवीण श्रेष्ठलाई औपचारिक रूपमा पति बनाउन लागेकी हुन् । यी दुई आजभन्दा झण्डै १३, १४ वर्षपहिले काठमाडौंको बानेश्वर क्याम्पसमा भेटेका थिए। विद्यार्थी राजनीतिकै समयमा एक अर्कासँग चिनजान भएको लामा र श्रेष्ठ कम्युनिष्ट भएपनि त्यतिबेला उनीहरूको विद्यार्थी संगठन भने फरक रहेको थियो ।
विगत १२ वर्षदेखिको प्रेम सम्बन्धलाई यी दुईले अहिले वैवाहिक बन्धनमा बाँधिने निधो गरेका हुन् । ३५ वर्षकी नविना अनेरास्ववियुकी अध्यक्ष भएपछि बिहे गर्ने दोस्री एमाले युवा नेत्री हुनेछिन् । यसअघि अध्यक्ष हुँदा रामकुमारी झाँक्रीले बिहे गरेकी थिइन् । विस्तृतमा हेर्नुहोस् भिडियो
https://youtu.be/a7uzOmaqfEAसवालनेपाल टिभी
https://youtu.be/dE34VdrG9BA









