पछिल्लो समय सामाजिक संजालमा भाईरभएका अशोक दर्जीले आफ्नो पहिलो गितको रेकडीङ सकेका छन ।

सानो उमेरमै नीकै राम्रो प्रतिभा प्रस्तुत गरीरहेका दर्जीको भिडियोहरु एकाएक सामाजिक संजालको माध्यम बाट चर्चामा आउन थाल्यो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

निम्न परीवारमा हुर्कीदै गरेको दर्जीले बाटामा,होटलमा गित गाउथे र जम्मा भएको रकमले परीवारको सामान्य आबश्यक्ता धान्थे । उर्लाबारी फोकस टिभीको अन्तरवार्तामा उनले आफ्नो प्रतीभाहरु प्रस्तुत गरेका थिए जुन सामाग्री युटुबको ट्रेडीङमा रहिरहेको छ ।

तेस्तै उक्त युटुब च्यानलले उर्लाबारीमा अशोक दर्जी प्रतिभा पहिचान कार्यक्रमको आयोजना गर्यो । त्यस पछि उनलाई सहयोगी हातहरु अघि बड्न थाल्यो । उनले पढ्न पनि पाए साथ साथै उनको गाएक पन्ने सपना पनि साकार हुने भयो ।

झापाका डिजे रुपकको सहयोगमा मन बिना को धन ठुलो कि धन बिना को मन बोलको गित रेकडीङ गरे उक्त गितलाई टंक बुढाथोकीले संगीत भरेका छन । भिम नेपालको म्युजिकमा तयार पारीएको गितको रेकडीङ भने काठमाण्डौ पुतली सडकमा रहेको स्टुडीयो 9 मा गरीएको छ ।

उनको पहिलो रेकडीङ भिडियो: